Worldlink Communications

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता

माघ २५, काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष के पी शर्मा ओलीबीच आज बुधबार बिहान भेटवार्ता भएको छ सो भेटमा राजनैतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको बताइएको छ।

भोलि संयन्त्रको बैठक बसेर  राष्ट्रपतिको  निर्वाचनका विषयमा भोलि नै छलफल  हुने र सहमतिको बाटोबाट नै अगाडि बढिने जानकारी  प्रधानमन्त्री प्रचण्डले  भेटघाटबाट बाहिरिने क्रममा बताउनु भयो ।

एमाले अध्यक्ष ओलीले दाहाललाई प्रधानमन्त्री बनाउने बेला भएको सहमतिबाट यताउता नहुने बताउनु भएको छ। अध्यक्ष ओलीले  सन्सार लाई साक्षि राखेर गरिएको सहमति सबैलाई  घाम झै छर्लङ भएको हुनाले सोहि अनुरुप  गठबन्धन जोगाउदै एमाले बाटै राष्ट्रपति निर्वाचनमा गठबन्धनको साझा उम्मेदवार आउने बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्: