Worldlink Communications

मुल्य वृद्धिका कारण निर्माण व्यवसायी मर्कामा – रवि सिंह 

माघ २९,पोखरा

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले पछिल्लो समयको अत्यधिक मूल्यवृद्धिका कारण व्यवसायीहरु लाई समस्यामा परेको बताउनुभयो।

पछिल्लो समय आर्थिक अवस्थाले सरकारले निर्माण व्यवसायीहरु लाई भुक्तानी दिनको लागि सामर्थ नरहेको सिंहले बताउनुभयो। नेपाल निर्माण व्यवसायी संघ कास्कीको २९ औ साधारण सभाको उद्घाटन गर्दै सिंहले निमार्ण व्यवासयीले निमार्ण सम्पन्न गरेका योजनाहरुको सरकारले भुक्तानी गर्न नसकेको बताउनुभयो ।

सरकारलाई जतिसुकै खबरदारी गरेपनि, जतिसुकै सचेत गराएपनि सरकारले भुक्तानी गर्न सक्ने अवस्थामा नरहेको बताउनुभयो । उहाले सरकारको लक्ष्य अनुसार राजश्व उठाउन नसकेको, साधारण खर्च गर्न पनि हम्मे हम्मे परेको र विदेशबाट आउने अनुदान पनि घटेको बताउनुभयो।

निमार्णको काममा लामो सयम देखी अवरोधहरु आएको र  असारमा १२ औ सम्सोधन, निर्वाचन, पुषमा क्रसरमा सरकारले लगाएको बन्देज लगाएतले निर्माणमा अवरोध भएको बताउनुभएको ब्यबसायी हरुले सरकारले योजनाहरु ल्याएपनि त्यसलाई बजेट सुनिस्चित गर्न नसक्दा व्यवासयीहरु मारमा पर्ने गरेको बताउनुभयको थियो ।

सरकारले विभिन्न आयोजनाहरुको भुक्तानी समयमै नगरेर व्यवसायीलाई दःख दिएको गुनासो गर्नुभयको थियो।निर्माण व्यवसायीलाई सम्झौता अनुसार समयमै गर्नुपर्ने भुक्तानी दिन ढिलाई हुँदा व्यवसायी मारमा परेको दुखेसो पोख्नुभएको थियो ।

नेपाल निर्माण व्यवसायी महासङ्घका उपाध्यक्ष खिमप्रकाश मल्लले पुस्तान्तरण हुनु पर्नेमा जोड दिनुभएको थियो।नेपाल निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष लिलकाजी गुरुङले निर्माण व्यवसायीका समस्या समाधान गर्न व्यावसायिक एकताको आवश्यकता रहेको बताउनुभयकोथियो ।गुरुङ्गले पत्रकारहरुले व्यवसायीका समस्याका बारेमा पनि कलम चलाइदिन आग्रह गर्नु भएको थियो  ।

नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष एवं नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष सुकुन्तलाल हिराचन, नेपाल निर्माण व्यवसायी महासंघका सदस्य अशोककुमार केसी , नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमलम भण्डारी वडा नं १७ का वडाध्यक्ष राधिका शाही योगी , नेपाली काँग्रेस कास्कीका सहसचिव तथा पूर्व पत्रकार नबिन सिग्देल , लगाएतले व्यवसायीका समस्याका बारेमा छलफल आवश्यक रहेको र आफ्नो क्षेत्रबाट सक्दो सहयोग सदैव गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा व्यवसायीका एस ईई परिक्षमा उत्कुष्ट अङ्क ल्याउने छोरा छोरीहरुलाई पुरस्कार सहित सम्मान गरिएको थियो । त्यस्तै संरक्षक तथा अग्रज व्यवसायीहरुलाई पनि सम्मान गरिएको थियो ।

नेपाल निर्माण व्यवसायी संघ कास्कीका सचिव इञ्जिनियर शिरशकुमार बास्तोलाले सचिवको प्रतिवेदन प्रस्तुत गर्दै चालू आर्थिक वर्षका लागि विभिन्न १५ बुँदे कार्यक्रम पेश गर्नु भएको थियो । सचिव बास्तोलाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने कोषाध्यक्ष उत्तम सिग्देलले २०७८/२०७९ को आय व्यय तथा आर्थिक वर्ष २०७९/८० को अनुमानित बजेट प्रस्तुत गर्नु भएको थियो।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: