Worldlink Communications

मेयर धनराज आचार्य द्वारा जलकुम्भी टाकुरा खानेपानी कार्यालयको शिलन्यास

फागुन ५, पोखरा

पोखरा महानगरपालिका वडा न.१९ पुरुन्चौरमा आज एक कार्यक्रमका बिच मेयर धनराज आचार्यले जलकुम्भी टाकुरा खानेपानी कार्यालयको शिलन्यास गर्नु भयो ।

जलकुम्भी टाकुरा खानेपानी द्वारा गठित भवन निर्माण समितिका संयोजक तथा पूर्व जनप्रतिनिधि कृष्ण प्रसाद गौतमको अध्यक्षता भएको सो कार्यक्रमको प्रमुख अथिति पोखरा महानगरपालिका को मेयर धनराज आचार्य , विशेष अतिथि पोखरा महानगरपालिका १९ का वडाध्यक्ष पुस्पेन्द्र पाण्डे र अतिथि हरुमा जनप्रतिनिधिहरु दुर्गा बस्नेत, विकास आचार्य लगायत स्थानीय बुद्धिजीवीहरु, आमा समूहहरू र सरोकारवाला हरुको उपस्थितिमा भएको कार्यक्रमलाई भव्य र सभ्य रुपमा सञ्चालन जगन्नाथ अधिकारीले गर्नुभएको थियो ।

प्रदेश सरकारको २०७९/८० को बाट १५ लाख बजेट विनियोजन भएको रकमले निर्माण हुन लागेको कार्यलय बाट करिब ४१५ घर धाराहरु को सिस्टम सुचारु गर्न सहज हुने बताउनुभएको प्रमुख अतिथि धनराज आचार्य ले वडा बाट योजना सहित सिफारिस लिएर आउनु हुन अनुरोध गर्दै आगामी आर्थिक वर्षमा यो कार्यालय पूरा गर्ने जिम्मा नगरपालिकाको हुनेछ भन्नुभयो। हिजोको दिनमा पानी भए मात्र हुन्थ्यो भन्ने हाम्रो जुन मान्यता थियो अब पिउन योग्य पानीको कुरा गर्नुपर्छ पानी अधिकारभित्र पर्छ भन्नुभयो। यसविषयमा महानगरपालिका जिम्मेवारीपूर्ण तरिकाले लाग्नेछ लागेको छ भन्नुभयो ।

सेती नदी पोखराको गहना भएको कुरालाई इङ्गित गर्दै मेयर धनराज आचार्यले सेती नदी दोहन भन्ने शब्द प्रति आपत्ति जनाउँदै दोहन हुनुहुँदैन गर्नुहुदैन यसलाई प्रयोग गर्नुपर्छ दोहन हुनुहुँदैन भन्ने विषयमा महानगर शतप्रतिशत सजक छ भन्नुभयो । त्यसैले त अहिले केही ठाउँहरु निकासी को कार्य स्थगित गरिएको छ भन्नुभयो। आगामी दिनमा बनेका संरचनाहरु लाइ कुनै असर नपारि तोकिएको मापदण्डअनुसार सेतीनदीमा चेकड्याम निर्माण गरि त्यहाँबाट ढुंगा गिट्टी बालुवा हरू झिकिने छ भन्नुभयो ।

प्रयोगको लागि निकालिने सिस्टम बाट निकालिने  ढुंगा गिट्टी बलुवाहरु दोहन हुँदैनन् तर दोहनको नाममा सखाप पार्ने बल मिच्याइ गरि कानुन को बेवास्ता गरि धज्जी उडाउन हुँदैन भन्ने विषयमा म पनि पुर्ण सहमत छु सजग छु भन्नुभयो। गएको वर्ष चुनावि बर्ष भयो अबका बर्ष भनेको कामगर्ने बर्ष भएको हुनाले जनप्रतिनिधिहरु लाइ राम्रा योजनाहरु ल्याउन सुझाउनु भएको थियो।

कार्यक्रमलाई स्वागत मन्तव्य दिँदै जलकुम्भी टाकुरा खानेपानी उपभोक्ता समितिका अध्यक्ष माधवप्रसाद पौडेलले विगत धेरै वर्ष पहिला खानेपानी बाट दुःख पाएका हामीहरु अहिले आएर एक घर एक धरा भन्ने नाराले सार्थकता पाउँदा र अब खानेपानीको कार्यालय बनाउन पाउदा साह्रै खुसी भएको व्यक्त गर्नुभयो।

त्यस्तैगरी आमाहरूको तर्फबाट उपकार आमा समुहको सचिव अप्सरा वि. क.ले आफ्नो जोडदार अभिव्यक्ति दिँदै जुनसुकै काम गर्दा पनि पारदर्शी पूर्ण तरिकाले गरियो भने कसैले कसैलाई दोष दिनु पर्दैन र समाजको आँखाबाट पनि कोही गर्नुपर्दैन भन्नुभयो। म हेम्जाकी छोरी पुरुन्चौर बुहारी भएर आउँदा केही समयसम्म पानी बोक्ने दुःखले दिएको पिडा झेलेकी म ति पिडाहरुलाइ सम्झदा अहिले एकघर एकधारा कार्यक्रम सहित खानेपानीको कार्यालय नै बनाउन पाउदा सारै नै खुशी लागेको भन्नुभयो।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: