Worldlink Communications

दलित आन्दोलनको बहसलाई रचनात्मक र सिर्जनात्मक बनाउनुपर्छ – खगराज अधिकारी

फागुन ८, पोखरा

राष्ट्रियदलित पत्रकार संघ नेपालको केन्द्र, प्रदेश र जिल्लाको संयुक्त आयोजनामा भएको दलित आन्दोलन र आरक्षण नीति विषयक गोष्ठीमा प्रमुख अतिथि देखि सबै वक्ताहरुले दलित आन्दोलनको बहसलाई रचनात्मक र सिर्जनात्मक तरिकाले उठान गर्नुपर्ने आजको आवश्यकता भएको बताउनुभएकाे थियो।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्य मन्त्री खगराज अधिकारीले दलित आन्दोलनलाई आफुले दलभन्दा माथि उठेर सुरुदेखी नै अगालेको बताउनुभयो । उहाले आफु मुख्यमन्त्री भएपश्चात धेरै काम गर्न बाँकी रहेको सुनाउँदै दलित हक हित र अधिकारका लागि गर्नुपर्ने आवश्यक सुझाव दिन अनुरोध गर्नुभएको थियो । आफु मुख्यमन्त्री हुने अवस्था नहुँद  नहुँदै पनि राजनैतिक घटनाका कारण मुख्यमन्त्री हुँदै गर्दा गोष्ठीबाट आउने हरेक शब्दको सम्बोधन गर्ने बताउनुभयो ।

धार्मिक ग्रन्थमा कुनै जातिय विभेद नभएको तर विश्वम जसले राम्रो काम गर्यो उसैलाई दलित भनि हेपिएको हुनाले पनि यो बहसलाई रचनात्मक र सिर्जनात्मक बनाऔं भन्नुभयो । हामीले उपभोग गर्ने हरेक सामान बनाउने कला भएका महान व्यक्तिहरु दलित कहलिनु दुखद भएको हुनाले मेरो प्राथमिकतामा यो आन्दोलन पर्छ ।

तपाईं हरु ढुक्क हुनुहोस पार्टी र दलभन्दा माथि उठेर यो आन्दोलमा मेरो साथ हिजो पनि थियो आजपनि छ र भोलि पनि हुनेछ भन्नुभयो। गण्डकीका दलित सहिदको सपनालाई आफ्नो कार्यकालमा पुरा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

गण्डकीका अर्थमन्त्री सिताकुमारी सुन्दासले सुन्दासले दलितहरु अब नेतृत्वदायि भूूमिकामा आउने काम गर्नुपर्ने बताउनुभयो। प्रदेशमा सिमित स्रोत साधनका बाबजुुत नयाँ कामको थलानी गरेको र थोरै बजेटमा धेरै काम गर्न बाध्य भएको बताउनुभयो । अहिले दलितपनि नीति निमार्ण गर्ने स्थानमा रहेको र अब प्रशासनिक क्षेत्रमा समेत दलितको उपस्थिति हुन जरुरी रहेको बताउनुभयो।

हामी नीति निमार्ण गर्ने ठाउँमा पुुगेका छौं । निष्ठाले लाग्न जुरुरी छ । हिजो हाम्रा शहिदले देखेको सपना र खेलेको भूमिकालाई सफल बनाउन हामी असल र सभ्य भएर लाग्नुपर्ने बताउनुभयो।

राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष विनोद पहाडीले पँहुचको आधारमा अन्य जातले स्थान पाउँदा दलित भएकै कारण क्षमता भएरपनि मिडिया क्षेत्रमा उचित ठाउँ नपाएको बताउनुभयो। दलितले क्षमताको आधारमा पनि ठाउँ पाएनन् । पहुँचको आधारमा आफ्नो जातिको मानिसलाई मात्र स्थान दिइयो । मिडिया क्षेत्रमा समेत क्षमता भएका दलित जातिका व्यक्तिहरुले उचित ठाउँ पाउन सकेका छैनन् भन्नुभयो सात दशक पुगेको नेपाल पत्रकार महासंघका दलित कोटा भन्दा बाहिरको निष्पक्ष भएर दलित कहिले आउन सक्छ ? भन्दै आफ्नो बिचार राख्नुभएको थियो।

संविधानसभा सदस्य परशुराम रम्तेलले दलितका मुद्धाहरुलाई कसरी अगाडि बढाउने र दलित भन्ने वित्तिकै मनोबल घटाउने काम गरिदै आएको बताउनुभयो । उहाले दलितप्रति स्पष्ट कानुन निर्माण नहुँदा समस्या आएको ले गर्दा दलित जाति प्रत्यक्ष निर्वाचित बनाउँदा जनसंख्या बढी भएको स्थानमा जुनसुकै पार्टीले पनि सुरक्षित राजैनैतिक प्रणाली लागु गर्नुपर्छ भन्नुभयो।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य राजु नेपाली, नेपाली कांग्रेस केन्द्रिय नेता गुरु बराल, नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य सरिता तिमिल्सिना पगेनी, दलित पत्रकार संघ गण्डकी प्रदेश अध्यक्ष रेम विक लगायतले आफ्नो भनाइ राख्नुभएको थियो। कार्यक्रम संन्चालन दलित पत्रकार संघका केन्द्रिय उपाध्यक्ष दिपक परियारले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: