Worldlink Communications

द हिडेन ट्रेजरले मिस नेपाल २०२३को आवेदन खुला गरेको छ

फागुन ८, पोखरा

द हिडेन ट्रेजरले मिस नेपाल २०२३ को आवेदन खुला गरेको छ ।आवेदन २०७९ चैत्र १ गते बुधबार सम्म खुला रहनेछ मिस नेपाल २०२३ को फाइनल ललितपुरको गोदावरी स्थित २८ सय दर्शक अट्ने सनराइज कन्भेन्सन सेन्टरमा ग्रान्ड फिनाले हुनेछ। जुन कार्यक्रम २०८० जेठ १३ गते शनिबार बेलुका ४ बजे कान्तिपुर टिभीबाट प्रत्यक्ष प्रशारण हुनेछ।

गत वर्षको मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठले मनिला फिलिपिन्समा मिस अर्थ २०२२ प्रतियोगितामा सहभागी भएकी थिइन्। सरिशाले बेस्ट इको भिडियो (एसिया) जित्न सफल भइन्। मिस नेपाल इन्टरनेशनल २०२२ न्यान्सी खड्का जापानको टोकियोमा आयोजित मिस इन्टरनेशनल २०२२ मासहभागी भएकी थिइन् ।

त्यस्तै मिस नेपाल वल्ड प्रियंका रानी जोशी मिस वर्ल्ड २०२३ मा सहभागी हुने तयारीमा छिन् २०२३ को मे महिनामा आयोजना हुनेछ । उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूवाट विभिन्न प्रशिक्षणहरु लिइ रहेकी छिन् उनी आफ्नो ब्यूटी विथ पर्पज प्रोजेक्टमा आफ्नो पूरा मिहिनेत गरिरहेकी छिन् । जसलाई मिस वर्ल्ड प्रतियोगिताको मुटु समेत मानिन्छ ।

बिगत मा मिस नेपाल प्रतियोगिता लाइ जुन नजरले हेरेपनि अहिले आएर २०२३ को मिस नेपाल प्रतियोगितामा आवेदन सुल्क होस वा कुनैपनि वहानामा शुल्क नलाग्ने बताउनुभयो । यतिसम्म कि खान बस्न, लत्ताकपडा सबै आयोजक संस्थाले उपलब्ध गराउने बताउनु भयो। जुत्ता को साइज नमिल्ने भएकाले एक सेट जुत्ता  साइज अनुसार लगाएर आउन सुझाउनु भएको थियो।

प्रतियोगितामा भाग लिदैमामा कोही पनि नहार्ने बरु केही सिकेर जाने आयोजक संस्था का अध्यक्ष  दिवाकर राज कर्णिकार बताउनु भयो। अन्तर्राष्ट्रिय मान्यताअनुसार  न्यूनतम ५ फिट ३ इन्च उचाई तथा १८ देखि २७ वर्षका अविवाहित नेपाली नागरिकता सहित नेपाली पासपोर्ट भएका युवतीले आवेदन दिन सक्ने  बताउनुभयो।

यस वर्षको प्रतियोगितामा तीन मुख्य विजेताहरू हुनेछन् । जसमा मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेशनल रहनेछ भने यस वर्षको मिस नेपाल प्रतियोगितामा पनि पूनः डाबर वाटिका नै मुख्य प्रायोजकको  भएको  आयोजक ले आज पत्रकार भेटघाट कार्यक्रममा बताउनुभयो।

यस बर्ष भने बिगत बर्षहरुको गुनासो लाइ आयोजकले सम्बोधन गर्दै प्रतियोगितालाई फराकिलो बनाउँदै यस पटक हामीले ७ वटा प्रदेशमा अडिसन आयोजना गरेको र त्यहाँको प्रतिस्पर्धीलाई समेट्ने तयारी गरेका  र काठमाडौं अडिसन २०७९ चैत्र ४ गते सनिवार आतिथ्य साझेदार होटेल बुढानिलकण्ठ स्थित KGH पार्क भिलेज होटलमा हुनेछ त्यस्तै इटहरी, वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढी लगायत क्षेत्रिय अडिसन हरु २०७९ चैत्र १ गते बुधबार भित्र हुने छ भने अडिसनको स्थान र मिति भने पछि घोषणा गरिने द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राज कर्णिकार ले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्: