Worldlink Communications

एमालेको मिसन ग्रासरूट कार्यक्रम कास्कीको – अन्नपूर्ण गाउँ पालिकामा 

फागुन १३, पोखरा

ने क पा( एमाले ) अन्नपूर्ण गाउँपालिका कमिटी कास्किको पूर्ण बैठकले सो पार्टिले संचालन गरेको मिसन ग्रासरूट अभियानलाई प्रभावकारी रूपमा संचालन गर्ने भएको छ ।सो कमिटिको शनिबार सम्पन्न पूर्ण बैठकले संगठन सुढृडिकरण अभियान अन्तर्गत उक्त अभियान संचालन गर्ने निर्णय गरेको हो ।

बैठकमा ने क पा एमाले केन्द्रिय सदस्य राजिब पाहारी , पार्टी प्रदेश सचिबालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दामोदर बैरागी ,ने क पा ( एमाले )गण्डकी प्रदेश कमिटी सचिबालय सदस्य तथा जिल्ला समन्वय समिती कास्किका प्रमुख लिलाधर पौडेल गण्डकी प्रदेश कमिटी सचिबालय सदस्य दिपक पौडेल, कास्की जिल्ला कमिटी उपाध्यक्ष तेज नारायण अधिकारी , जिल्ला सचिब बैन बहादुर अधिकारी क्षेत्री को उपस्थितिमा भएको थियो।

पार्टी प्रदेश प्रचार बिभाग सदस्य तथा प्रेस चौतारी नेपाल लेखा आयोग उपाध्यक्ष रामजी प्रसाद लम्साल ,प्रेस चौतारी नेपाल गण्डकी प्रदेश अध्यक्ष तथा पार्टी प्रदेश प्रचार बिभाग सदस्य इन्द्र पौडेल , पार्टी प्रदेश स्वास्थ बिभाग सदस्य सृजना शर्मा , जिल्ला कमिटी सदस्य सदस्य भरतमान गुरुङ ,जिल्ला कमिटी सदस्य शिव अधिकारी लगाएको उपस्थिति रहेको थियो।बैठक गाउँपालिका कमिटी अध्यक्ष बिबेक देबकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्: