Worldlink Communications

भोलि हुने रास्ट्रपतिको चुनाबमा रास्ट्रिय प्रजातन्त्र पार्टी तटस्थ बस्ने

फागुन २४,काठमान्डौ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंग्देल ले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेबांग दुवै अभिभावकीय भूमिकामा निष्पक्ष हुनै नसक्ने र बिस्वास गर्ने कुनै पनि आधार  नभयको ले हाम्रो पार्टी ले दुवै उमेदवार लाइ मतदान नगर्ने निर्णय गरेको बताउनु भयको छ।

संविधानले राष्ट्रपतिलाई अभिभावकीय र निष्पक्ष संस्थाको रुपमा कल्पना गरेको हुनाले अहिले दुवै उम्मेदवारहरु सक्रिय राजनीतिबाट आएको हुनाले उहाहरु बाट निष्पक्ष भूमिकाको आशा गर्न नसकिने  ठहर गर्दै आज बुधबार पार्टीको केन्द्रीय समितिको बैठकले बिहीबार हुने राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको बिषय  पत्रकारहरु लाई अध्यक्ष लिङ्देल बताउनु भयो ।

भर्खरमात्र भयको चुनाबमा सक्रिय राजनीतिमा रहि प्रतिनिधिसभा मा निर्वाचित हुनुभएका ब्यक्ति कुनै पनि अर्थबाट अभिभावकीय भूमिका र निष्पक्षताको कल्पना गर्न नसकेकोले राष्ट्रिय प्रजातन्त्र पार्टी तथस्ट बस्नु परेको बताउनु भयो ।यसअघिका रामबरण यादब र निबर्तमान हुनलाग्नु  भयको बिद्या देबी भण्डारी दुवै राष्ट्रपतिहरु निश्पक्ष रहन नसकेको र  सम्भावना कत्तिपनि नरहेकोले उहाहरुबाट यो संस्था निष्पक्ष हुनै  नसक्ने देखेर मतदान नगर्ने गरेको हौं भन्ने भयो 

प्रतिक्रिया दिनुहोस्: