Worldlink Communications

रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो रास्ट्रपति

फ़गुन २५ ,काठमान्डौ

नेपालको तेस्रो राष्ट्रपतिका लागि आज भएको निर्बाचनमा सुवासचन्द्र नेम्वाङलाई उपविजेता बनाउँदै रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित हुनुभएको छ।

आज भयको राष्ट्रपतिको निर्वाचनमा सुवासचन्द्र नेम्वाङले  पन्ध्र हजार पाच सय अठार मत प्राप्त गरि उपविजेता बन्नुभएको छ भने रामचन्द्र पौडेलले तेत्तिस हजार आठ सय दुई मत प्राप्त गरि राष्ट्रपति निर्बाचित हुनुभयको हो । निर्वाचनमा प्रतिनिधि सभा ,राष्ट्रिय सभा र प्रदेश सभाका ससद सदस्यहरु  मतदाता रहेको हुन्छ जसमा संघीय संसद तर्फ कुल ३३२  प्रदेशसभा तर्फ ५५० गरी ८८२ मतदाता हुनुहुन्थ्यो जसमा संघीय संसदको मतभार ७९ राखिएको छ भने प्रदेशसभाका ससद सदस्यको मतभार ४८ छ।

आज भएको राष्ट्रपति को चुनावमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभाका सांसदले मतदान गर्नुभएको थियो बिहान १० बजेदेखि दिउँसो ३  बजेसम्म मतदान भएको थियो। मतदानको लागि बानेश्वरस्थित संसद भवनमा प्रदेशसभा र संघीय सभाको बेग्लाबेग्लै स्थानमा मतदान गराइएको थियो।

राष्ट्रपति निर्बाचित हुनुभएका रामचन्द्र पौडेल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी,रास्ट्रिय स्वतन्त्र पार्टी , लोकतान्त्रिक समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी  साझा उम्मेदवार हुनुहुन्थ्यो भने उपविजेता हुनुभयका सुवासचन्द्र नेम्वाङ नेकपा एमालेको तर्फबाट हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्: