Worldlink Communications

नेकपा एमालेको मिसन ग्रास रूट कार्यक्रम पोखरा-१६ मा सम्पन्न प्रमुख अतिथि मायानाथ अधिकारी 

फागुन २७, पोखरा

नेकपा एमाले पोखरा महानगरपालिका वडा नं.१६ ले आज मिसन ग्रास रूट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम पोखरा -१६ का पार्टी अध्यक्ष राजेश गुरुङको अध्यक्षतामा गरिएको थियो।

कार्यक्रम केन्द्रिय कमिटी सदस्य एवम गण्डकी प्रदेश सह इन्चार्ज माया नाथ अधिकारी को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रम लाइ भब्य र सभ्य बनाउन वार्ड पार्टी कमिटी का सचिव रामचन्द्र आचार्यले सन्चालन गर्नुभएको थियो। प्रमुख अतिथि मायानाथ अधिकारीले संगठन मजबुत बनाउदै देशको बिकास र समृद्धिका खातिर बलियो एमाले भन्ने अभियानको लक्ष्य भएको हुँदा पोखरा-१६ भित्र रहेका हरेक टोल टोल र घर घरमा जिम्मेवार कमरेडहरु जानुपर्ने र पार्टी को गतिबिधिको सुस्म तरिका अध्ययन गर्न आग्रह गर्नु भयको छ ।

पार्टीका कतिपय नबुझेका विषय दुखेसो र सुझावहरू लिखित रुपमा पनि पठाउन सक्नुहुन्छ । सुझावको आधारमा पार्टी ले आलोचना आत्मालोचना गर्दै अगाडि बढन सक्नुपर्छ भन्नुभयो । पार्टीका नेताहरु घोडामा हैन हिडेर जनताको घर रुपी बगैचामा पुग्नुपर्छ भनेर पार्टीले केन्द्रीय नेताहरुलाई तल सम्म पठाएको हो भन्नुभयो। अहिले को परिवेशमा अधिकारीले नेकपा एमाले पार्टी लाई नाम रुपि कम्युनिष्टहरुले नै घेराबन्दी गरी इतरपक्षसँग घाँटी जोड्न गएको बताउनुभयो नेकपा एमाले जनताको बिचमा लोकप्रिय भएको कुरा विगत चुनावको समानुपातिक मत बाट पनि थाहा हुन्छ भन्नुभयो। नेकपा एमाले पार्टीमा रहदा राजकीय सुखसयल पद प्रतिष्ठा पाएकाहरुले नै पार्टीबाट विद्रोह गरेको इतिहास हाम्रोसामु छ घाम झैं छर्लङ्ग भएको बताउनुभयो।

आगामी दिनमा नेकपा एमालेलाई अझै ससक्त बनाइ अगाडि बढाउनको लागि किसानको पार्टी विद्यार्थीको पार्टी र विभिन्न जनवर्गीय संघसंस्थाहरू सग नजिक हुदै पार्टीलाइ जिबन्तै बनाइ राख्न केन्द्रीय कमिटी देखि प्रदेश कमिटीहुदै जिल्ला कमिटी, नगरकमिटि सम्मका नेताहरु जनताको घर सम्म पुर्याउने कार्यक्रम नै मिसन ग्रासरुट हो भन्नुभयो।

त्यस्तैगरी अतिथि प्रदेश कमिटी का सचिवालय सदस्य डा. पुष्पा केसी भण्डारीले अब देशमा एमालेको लहर ल्याउनु छ देशमा कहाँ कतिबेला के हुन्छ कसैलाई था छैन तसर्थ भएको संगठनलाई चलायमान बनाउँदै अगाडि बढाउनको निम्ति पार्टीले राम्रो कार्यक्रम ल्याएको बताउनुभयो। यस कार्यक्रमले एकआपसमा मनमा लागेका कुरा गर्न पाएका छौं दुखेका मनहरु मा मलम लगाएर फेरि पनि एक भएर हिँड्न पाएका छौ त्यसका लागि ग्रासरुट कार्यक्रम ल्याएको भन्नुभयो। जिबन संघर्ष हो जीवन छ र त द्वन्द्व पनि छ अनि त्यस बाट निकास र बिकाश दुबै आउछ त्यसैले त नेकपा एमालेले लहर ल्याउनै पर्छ भन्नुभयो।

त्यस्तैगरी प्रदेश कमिटी सदस्य मनबुजा बि क, प्रदेश कमिटी सदस्य चित्र थापा, बलराम गायक, जिल्ला कमिटी सचिवालय सदस्य दान बहादुर बानिया, जिल्ला कमिटी सचिवालय सदस्य जानुका अधिकारी, जिल्ला सदस्य बिष्णु नेपाली, अस्मिता परियार, पोखरा महानगरपालिका को पार्टी अध्यक्ष दिलिप न्यौपाने, सचिव जिबन आचार्य, जगन्नाथ तिमिल्सिना, शेखर गौतम लगायतले मिसन ग्रासरुट अभियानको बारेमा बताउनु भएको थियो।

कार्यक्रममा दलित मुक्ति मोर्चा पोखरा- १६ का अध्यक्ष पस बहादुर बि क, पार्टी का जिम्मेवार व्यक्ति हरु बिनोद अधिकारी,मदन आचार्य, इन्द्र प्रसाद सुवेदी, प्रकाश भट्टराई, अग्निधर शर्मा, नविन्द्रराज तिमिल्सिना लगायत का सहभागी हरुले अफुलाइ चित्त नबुझेको कुराहरु राख्नु भएको थियो भने प्रमुख अतिथि मायानाथ अधिकारीले उहाहरू को दुखेको मनलाइ मलम लगाउँदै सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता गरिरहनुभएका पार्टी अध्यक्ष राजेश गुरुङले मिसन ग्रासरुट कार्यक्रम ले पार्टी सुदृढीकरण राष्ट्रिय अभियान अन्तर्गत रहेर यो अभियान संचालन गरेको जानकारी गराउनु भएको थियो। अबका केही दिन बाट टोल टोलमा बैठक भेला प्रशिक्षण जस्ता कार्यक्रम राखिने बताउनुभयो।

पार्टीका हरेक कार्यक्रममा सहभागिता जनाइ सबै अभियानलाई प्रभाबकारी रूपले अगाडि बढाउदै पार्टीको विरासत जोगाउन महत्वपूर्ण योगदान पुर्याउनु हुने अग्रजहरुलाइ सम्मान गर्ने कार्य योजना तयार गरेको बताउनुभयो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: