Worldlink Communications

विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुको लागि पोखरामा एक्सपर्ट शैक्षिक परामर्श केन्द्र 

फागुन २८ ,पोखरा

विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुको लागि पोखरामा एक्सपर्ट शैक्षिक परामर्श केन्द्रले परामर्श दिने भएको छ । मार्च १६ अर्थात् चैत २ गते पोखराको एक्सपर्ट एडुकेशन एण्ड भिजा सर्भिसेजले ‘एक्सपर्ट एडिम्सन डे २०२३’ को आयोजना गर्ने भएको हो । कार्यक्रम मा  विदेश अध्ययन गर्न चाहने नेपाली विद्यार्थीले अष्ट्रलिया, न्युजिल्याण्ड, क्यानडा,युके र अमेरिकाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुले एक अर्कासँग प्रत्यक्ष रुपमा संवाद गर्ने आइतबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा एक्सपर्ट पोखराका एकेडेमी डाइरेक्टर सलि देवानले बताउनुभयो  ।

विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई परामर्श प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले शैक्षिक परामर्श कार्यक्रमको आयोजना गरिएको देवानले बताउनु भयो । विगत दुई वर्षमा कोरोनाले सिर्जित प्रतिबन्धहरुका कारण प्रत्यक्ष रुपमा यस्ता कार्यक्रमहरुको आयोजना गर्न सम्भव नभएपनि भर्चुअल माध्यमबाट विद्यार्थीलाई परामर्श गरिएको जानकारी दिनुभयको थियो ।

बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म पोखराको सिदार्थचोक स्थित एक्सपर्ट एडुकेशन एण्ड भिसा सर्भिसेजको कार्यालयमा हुने एक्सपर्ट एडमिसनडेमा सहभागीहरुलाई फुड भौचर, मुभि भौचरको सुविधा उपलब्ध गराइने एक्सपर्ट शैक्षिक परामर्श केन्द्र पोखराका अप्रेसन म्यानेजर रमेश बास्तोलाले जानकारी गराउनुभयको थियो।

कार्यक्रममा सहभागी विद्यार्थीलाई एक्सपर्ट शैक्षिक परामर्श केन्द्रबाट दिइने आयल्स, पीटीई क्लासमा समेत छुट दिइने उनले बताउनु भएको थियो  । एक्सपर्टले विगत दुई दशकदेखि आधिकारिक र विश्वसनिय परामर्श प्रदान गर्दै आएकाले पनि विदेश अध्ययनका लागि एक्सपर्ट रोजाईमा परेको बताउनु भयको थियो  । उहाँका अनुसार एक्सपर्टले नेपालका प्रमुख १६ शहरहरुमा शाखाहरु संचालन गर्छदै आएको छ भने विश्वका १९ देशका ५० भन्दा बढी शहरहरुमा समेत एक्सपर्टले सेवा प्रवाह गरिरहेको बताउनु भयो।

यस शैक्षिक परामर्श केन्द्रले  वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई विश्वसनिय जानकारीहरु प्रदान गर्ने उद्देश्यले एक्सपर्टले विगतका वर्षहरुमा झै यस वर्ष पनि नेपालका शहरहरु धनगढी, नेपालगञ्ज, घोराही, बुटवल, पोखरा, नारायणगढ, हेटौंडा, विराटनगर, विर्तामोड र काठमाडौंमा एक्सपर्ट एडमिसनडे कार्यक्रमको आयोजना गरिको एक्सपर्ट पोखराका मार्केटिङ म्यानेजर विष्णु प्रसाद गौतमले आजको पत्रकार भेट कार्यक्रममा  बताउनु भयो  ।

प्रतिक्रिया दिनुहोस्: