Worldlink Communications

योजनावद्ध विकास अहिलेको आवश्यक-उपमहासचिव गुरुङ

फागुन २९,पोखरा

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुव्वा गुरुङले प्रमुख अथिति को आसन ग्रहण गर्दै आज प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीको तेस्रो बैठकलाई पोखरा को साइमन पार्टी प्यालेसमा सम्बोधन गर्नु भयो।

अबको बिकास भनेको योजनाबद्ध विकास हुनुपर्छ यो अहिलेको  आवश्यकता भएको बताउनुभयो । देशको चौतर्फी विकासका लागि आवधिक कार्ययोजना आवश्यक हुन जरुरी छ भन्नुभयो ।

कार्यायोजना बिना गरिएका कुनै पनि कार्य सफल नहुने भन्दै हरेक क्षेत्रमा यसको महत्व रहेको बताउनुभयो । प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीको पोखरामा सम्पन्न तेस्रो बैठकलाई सम्बोधन गर्दै गुरुङले नेकपा एमालेका हरेक जनसंगठन भातृ संगठनहरुलाई  चुस्त र दुरुस्त राख्नुपर्नेमा पनि जोड दिनुभयो । जनसंगठन हरुमा रहेका कमजोरीहरुलाइ सुष्म तरिकाले खोजी निराकरण गर्दै संगठनलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

कम्युनिष्ट पार्टीहरु सिद्धान्त प्रधान हुने भएकाले संसाररभरका कम्युनिष्टहरुले विधिमा बसेर काम गर्नुपर्ने बताउनुभयो। ‘कहिले काहिँ पार्टीमा सिद्धान्त र विधिभन्दा व्यक्तिप्रधान भएको देखिन्छ, तर विशिष्ट परिस्थितिमा मात्रै त्यस्तो देखिएको हो भन्नुभयो । सिद्धान्त र विधिलाई व्यवहारमा लागू गर्नसक्ने, विशिष्ट परिस्थिति को सामना गर्दै अगाडि बढ्न सक्ने व्यक्ति नै नेता हुने बताउनुभयो ।’

बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटीका उपसचिव तथा प्रचार विभाग प्रमुख रस्मी आचार्यले पत्रकारिता क्षेत्र प्रविधि मैत्री हुनुपर्नेमा जोड दिनुभयो। आचार्यले सूचना र सञ्चारको युग भएकाले दिनदिनै परिवर्तन हुने प्रविधिलाई युवा पत्रकारहरुले आत्मसाथ गर्नसक्नुपर्ने बताउनुभयो ।

बैठकमा नेकपा एमालेका प्रदेश कमिटी सदस्य तथा प्रेस चौतारी इञ्चार्ज रामकृष्ण ज्ञवाली, केन्द्रीय उपाध्यक्ष गणेश पाण्डे, महा सचिव हिरामान लामा, सचिव शुष्मा पौडेल र कोषाध्यक्ष इन्द्र आचार्यलेलगायतले बोल्नुभएको थियो । बैठकले संगठन सुदृढीकरणसहित प्रदेश अध्यक्ष इन्द्रप्रसाद पौडेलले राख्नुभएको २१ वटा प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: