जि स स कास्कीद्वारा निर्माणाधीन काहुखोला सिक्लेस दुधपोखरी सडक खण्डको अनुगमन 

जि स स कास्कीद्वारा निर्माणाधीन काहुखोला सिक्लेस दुधपोखरी सडक खण्डको अनुगमन 

परिबर्तन न्युज
२ चैत्र २०७९ बजे
परिबर्तन न्युज
२ चैत्र २०७९

चैत २ , कास्की

जिल्ला समन्वय समिती कास्कीले प्रमुख लिलाधर पौडेलको नेतृत्वमा बिहीवार गण्डकी प्रदेश सरकारको एक निर्बाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत काहुखोला-सिक्लेस – दूध पोखरी सडकको १० कि मि निर्माणाधिन पहिलो सडक खण्डको अनुगमनको गरेको छ।

Advertisement:Ad

अनुगमनका क्रममा प्रमुख पौडेलले कास्कीका कुनै पनि बिकास निर्माणका योजनामा गुणस्तर लगायतका बिषयमा जन गुनासो नआउने गरि काम समयमै सम्पन्न गर्ने सरोकारवाला निकाय लाई आग्रह गर्नु भयो ।

केन्द्र सरकार , प्रदेश सरकार र स्थानिय सरकारबिच समन्वय र सहकार्य अति आबश्यक भएको भन्दै पौडेलले निर्माण कम्पनीले कुनै लापरबाही गरेको भेटिएमा तुरुन्तै खबर गर्न स्थानीय उपभोक्तालाई आग्रह गर्नुभयो।बिकासका आयोजनामा जुनसुकै बेला पनि अनुगमन हुन सक्ने र कमि कमजोरी भेटिएमा तत्काल कारबाही हुने तर्फ निर्माण कम्पनी लगायत सरोकारवालाहरूलाइ ध्यानाकर्षण गराउनु भएको थियो।

अनुगमनमा जि स स कास्कीका उप प्रमुख सरिता माल ,सदस्य राजु अधिकारी ,स्थानिय जनप्रतिनिधि , प्रदेस तथा स्थानिय तह सहित प्राबिधिक र संचारकर्मीहरूको सहभागिता रहेको कास्कीका निमित्त जिल्ला समन्वय अधिकारी एबम सूचना अधिकारी झबिश्वर रेग्मीले जानकारी दिनुभयो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज