Worldlink Communications

पोखरा को चिप्लेढुङ्गामा नगरबसले स्कुटरलाई ठक्कर दिँदा महिला को घटनास्थलमै मृत्यु

फागुन ३, पोखरा

आज शुक्रबार बिहानै पोखराको चिप्लेढुङ्गामा नगरबसले स्कुटरलाई ठक्कर दिँदा एक महिला को घटनास्थलमै मृत्यु भएको छ । झापा जिल्ला दमक ४ स्थायी घर भई हाल पोखरा ५ प्रस्याङ बस्दै आउनु भएकी २४ वर्षीया दिक्षा कार्कीको मृत्यु भएको हो ।

सिद्धार्थ चोकबाट चिप्लेढुङ्गातर्फ आउँदै गरेको ग १ ख ७१०८ नम्बरको बसले ग १९ प ९९८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको कास्की प्रहरीले जनाएको छ ।

ठक्कर दिएको नगरबस र चालकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: