Worldlink Communications

प्रेस सेन्टर कास्कीको आज वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम प्रमुख अतिथि-देब गुरुङ

चैत्र ३, पोखरा

प्रेससेन्टर कास्कीले आज पाेखरामा वार्षिक साधारणसभा, सम्मान तथा अन्तरक्रिया कार्यक्रम प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाढीको अध्यक्षता मा भव्यताका साथ सम्पन्न गरेको छ।

आज का प्रमुख अतिथिले कार्यक्रममा सहभागीहरुलाई उर्जा र हाैसला प्रदान गर्नु भयको थियोपत्रकारको हक हितको लागि हामी सधै सकारात्मक छौ आजका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङ भन्नुभयो । विशिष्ट अतिथि प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा , अतिथि हरुमा उपाध्यक्ष निर्मल ज्ञवाली ,महासचिव सन्ताेष पाैडेल, उपमहासचिव दीपक जलनलगायत उपस्थिति  थियो ।

आज सम्मानित हुनुहुने अग्रज पत्रकारहरू काेमलनाथ बराल,कुशुमकेशव पराजुली, नारायण भट्टराई ,विश्वप्रकाश लामिछाने र पदम रेग्मी लै प्रदान गरिएको हो।

प्रेस सेन्टर कास्कीले जनपक्षीय पत्रकार सहिद थमन परियार र महेश पहारीकाे स्मृतिमा स्थापना गरि सञ्चालन गर्दै आएकाे थमन महेश स्मृति पत्रकारिता पुरस्कार रू २५ हजार एक सहित को पुरस्कार आज पाेखराका क्रियाशील पत्रकार प्रेस सेन्टरका नेता विभु भुसाललाइ दिइएको छ ।

सचिव माधव पनेरू ,गण्डकी प्रदेशका अध्यक्ष अर्जुन काफ्ले सहित केन्द्र र प्रदेशकाे सिङ्गो टिम, पार्टीका केन्द्रीय सदस्यहरू राजकाजी गुरूङ, रामजी बराल, दीपक काेइराला, दुर्गा बिक, पार्टी प्रदेश अध्यक्ष गायत्री गुरूङ , प्रेस सेन्टर फ्याक्सन इन्चार्ज विश्व प्रकाश लामिछाने, प्रेस सेन्टरका अग्रज काेमलकुसुम नारायण भट्टराई लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारी, माधव बराल,प्रदेश नीति तथा याेजना आयाेगका सदस्य डा सुवास अधिकारी , प्रदेशसभाका सचिव हरि प्रसाद पाेखरेल, सहित प्रेस सेन्टर कास्कीको सिङ्गो टिम, महानगर कमिटी, समाजवादी प्रेस संगठनका उपाध्यक्ष श्रीराम सिग्देल , प्रेस युनियनका अध्यक्ष रविना आले लगायत सहित सवैतहका ब्यक्ति हरुको सम समउपस्थिति मा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रम मा सहभागी हरुलाइ दिननाथ बराल ले स्वागत गर्नुभएको थियो भने कार्यक्रमलाई भव्य र सभ्य रुपले सफल बनाउनका लागि प्रेस सेन्टरका सचिव पुष्पराज दाहालले संचालन गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्: