Worldlink Communications

पोखरा लिङ्कन इन्टरनेसनल कलेज पोखराले आगामी शैक्षिक सत्रबाट सन्ध्याकालिन एम बि ए कक्षा सञ्चालन गर्दै

चैत्र १९, पोखरा

आज पोखरा लिङ्कन इन्टरनेसनल कलेज पोखराले आगामी शैक्षिक सत्रबाट सन्ध्या कालिन MBA को कक्षा सञ्चालन गर्ने जानकारी दिने उद्देश्यले लिटिल स्टेप सेकेन्ड्री स्कुलका अध्यक्ष शेर बहादुर गुरुङको अध्यक्षता मा पत्रकार सम्मेलन गरेर जानकारी दिनुभयको थियो ।

नेपालको शैक्षिक इतिहासमा नीजी क्षेत्रको लगानी शुरु भएसंगै यस सस्थाले वि.स २०३९ सालमा पोखरा-१ बगरबाट लिटिल स्टेप विद्यालयको नामबाट आफ्नो शैक्षिक यात्रा शुरु गरेको थियो।सुरुवाती मा नै होटल म्यानेजमेन्ट विषय पठन पाठन शुरुभई क्रमश नयाँ नयाँ  कार्यक्रम हरु निरन्तर सञ्चालन गराउदै आएको जानकारी दिनुभएको  थियो ।

बिगतका बर्ष हरु देखि नै विद्यार्थीको चाहना र विश्व बजारको मागलाई दृष्टिगत गरी सन् २०१२ देखि स्नातक तहमा वि.वि.ए. र वि.एच.एम को पठन-पाठन हुँदै आएको कार्यक्रम को निरन्तरता को रुपम मान्यता प्राप्त अन्तर्राष्ट्रिय उपाधि (डिग्री प्रदान गर्ने उदेश्यले मित्रराष्ट्र मलेसियाको Lincoln University बाट सम्बन्धन लिइ यी दुई कार्यक्रम सफलतापूर्वक सञ्चालन हुँदै आएको अवगत गराइएको थियो ।

पेशागत दक्षता र अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न देशभित्र विभिन्न शैक्षिक सस्थाहरु स्थापना भई सञ्चालनमा रहेको भएता पनि सर्वसुलभ रहेको भने पाइँदैन । अझ हाम्रा विश्वविद्यालनमा कार्यक्रमको सिफ्ट, समय र प्रविधिले कतिपय विद्यार्थीहरुको मागलाई सम्बोधन गर्न नसकेको यस परिवेशमा सबैको मागलाई मनन गरी Pokhara Lincoln International College Pvt. Ltd. ले आउँदो अप्रिल पहिलो साताबाट कक्षा सञ्चालन हुने गरी MBA (Master in Business Administration) को कक्षा शुरू गर्न गईरहेको सहर्ष जानकारी गराउदछौ भनिएको थियो।

स्मरणीय छ हाम्रो शैक्षिक कार्यक्रमको मुख्य लक्ष्य बैंक, वित्तिय संस्था, नेपाल सरकारका कर्मचारी वा कुनै फर्म वा व्यवसायमा संलग्न रहेका तर हालका सिफ्टहरुमा अध्ययन गर्न समय अनुकुल नभएका विद्यार्थीहरुलाई स्नातकोत्तर तहको शिक्षाको अवसर प्रदान गर्नु रहेको  साथै विविध कारणले भौतिक कक्षामा उपस्थित हुन असमर्थ रहदाँ समेत Smart प्रविधिको प्रयोगद्वारा कार्यालय वा कलेज बाहिर रहदा पनि कक्षा लिन सकिने आधुनिक र फरक प्रणालीलाई हामीले अंगिकार गर्ने प्रयास गरेका छौं भनिएको छ।

स्नातकोत्तर तहमा Evening Class सञ्चालन गर्दा हाम्रो लक्षित वर्ग बढी लाभान्वित हुने विश्वासलिएको बताउनु भएको थियो।दुई वर्ष चार सेमेष्टर) को कोर्स पूरा गरी न्यूनतम शुल्कमा आफ्नै घर आगनबाट प्रविधिको समेत प्रयोग गरी अन्तर्राष्ट्रिय स्तरको उपाधि हासिल गर्न सकिने यस कार्यक्रमबाट कयौं विद्यार्थीहक लाभान्वित हुने विश्वास लिएको आयोजकले बताउनुभएको थियो ।

त्रिभुवन विश्वविद्यालयको समकक्षता, नेपाल सरकारबाट स्विकृत प्राप्त गर्नुका साथै मित्रराष्ट्र मलेसियाको Lincoln Univesity बाट सम्बन्धन प्राप्त भएबाट अन्य शैक्षिक संस्थाको तुलनामा यस संस्थाबाट प्रदान गरिने उपाधिको अन्तर्राष्ट्रिय विश्वसनीयता थप बढी रहेको समेत बताउनुभयको थियो।

सुविधा सम्पन्न नीजी भवन, पर्याप्त खेल मैदान, क्यान्टिनको व्यवस्था, क्रेडिट ट्रान्सफर गरी विदेशमा गई अध्ययन गर्न सकिने, अनुसन्धानमा आधारित पाठ्यक्रम, सम्बन्धित विषयका विज्ञद्वारा अध्यापन, समय-समयमा आमन्त्रित विज्ञ (Guest Lecture) द्वारा प्रवचन गरिनेजस्ता विशेषताले गुणस्तरीय उच्च शिक्षा प्राप्त हुने विषयमा विश्वस् गर्न अनुरोध गर्नुभएको ‌‌थियो । यस शैक्षिकसत्र मा ३० जना विद्यार्थीको कोटा रहेको र ४ लाख ६५ हजार मा कोर्ष पुरा गर्न सकिने भएको हुनाले समयमै आफ्नो सिट सुरक्षित राख्नु हुन समेत हामी आह्वान गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्: