चैत २१,पोखरा
आज पोखरा महानगरपालिका वडा नम्बर १७ विरौटास्थित मेल मिलाप टोलका ४५ वर्षीय इन्द्रप्रसाद अर्यालले आफ्नै घरको कोठामा आत्मदाह गरेका हुन् ।
वडा प्रहरी कार्यालय बैदामका डिएसपी वेद जोसीका अनुसार इन्द्रप्रसाद अर्यालले शरीरमा आगो लगाएर आत्मदाह गरेका हुन् । प्रहरी पुग्दा घरको कोठा भित्रबाट चुकुल लगाइएको पाइएको डिएसपी जोसीले बताए ।मंगलबार दिउँसो साढे ३ बजे प्रहरी पुग्दा शरीर जलेको अवस्थामा शव भेटिएको थियो ।
तीन तले घरको दोस्रो फ्ल्याटमा उनले शरीरमा आगो लगाएर आत्मदाह गरेको देखिन्छ,’ डिएसपी जोसीले भने, ‘घरमा कोही हुनुहुँदो रहेनछ । श्रीमति जागिर र छोरी घरबाहिर रहेको अवस्थामा घटना भएको देखिन्छ ।’ अर्यालको कोठामा ग्यालीन भेटिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान गर्न प्रहरीले थालि सकेको जनाएको छ ।
प्रकाशित मिति: २१ चैत्र २०७९









प्रतिक्रिया