Worldlink Communications

विदेशबाट ऋण ल्याएर प्रदेशका सेता हात्ती पाल्न सकिदैन-ज्ञानेन्द्र बहादुर शाही 

चैत्र २३, काठमाडौं

आजको प्रतिनिधि सभा को बैठक मा राष्ट्रियप्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले विदेशबाट ऋण ल्याएर प्रदेशका सेता हात्ती पाल्न सकिदैन भन्नुभयो ।

यो सब देसको ढुकुटि रित्तो बनाउदै कार्यकर्ता पाल्ने भर्ती केन्द्र  बनेको छ भन्नुभयो त्यसैले प्रदेश सरकारको औचित्य नरहेको बताउनुभयको थियो। प्रदेशका नाममा पाँच वर्षमा करिब १६ खर्ब बजेट खर्चले लाखौं नेपाली लाई रोजगारी सिर्जना गर्न सकिने भएको हुनाले पनि प्रदेश खारेज गर्नुपर्ने बताउनुभयो।

यदि प्रदेशको आवश्यक छ भने एउटा पहिचानका लागि र अर्को देश ठूलो भयो भनेर केन्द्रीकरण गर्नका लागि हुनुपर्नेमा काहीँ कतै नअटाएका कार्यकर्तालाई सांसद बनाउनकै लागि विदेशबाट ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन भन्नुभयो।बिगत देखि  हाल सम्म का प्रधानमन्त्री हरूल‍े विदेशबाट ल्याएको ऋणको  के कति कहाँ कसरी खर्च भयो हरहिसाब देखाउनुपर्ने पर्छ भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्: