Worldlink Communications

प्रेस क्लब गण्डकी द्वारा लागु औषध दुर्व्यसननि बिरुद्ध सचेतनामुलक कार्यक्रम को आयोजना

चैत्र २७, पोखरा

प्रेस क्लब गण्डकी ले आज लागुऔषध दूरब्यसनि बिरुद्ध सचेतना मुलक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ भने सहयोगी सस्था सामाजिक विकास महाशाखा पोखरा महानगरपालिका रहेको छ।

कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका कार्यपालिका समिति सदस्य धनकुमारी तिमिल्सिनाले हुनुहुन्थ्यो भने कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष एकराज गिरीले गर्नुभएको थियो  कार्यक्रम लाइ भब्य र सभ्य तरिकाले सस्था का सचिव गौरब त्रीपाठि ले सन्चालन गर्नुभएको थियो।

बिषेश गरि पत्रकार हरुलाइ लक्षित गरेर दुर्व्यसन सम्बन्धित विषयमा प्रशिक्षणत्मक जानकारी प्रशिक्षक प्रहरि निरिक्षक तिलक मानन्धर ले सहजि करण गर्नुभएको थियो। प्रशिक्षणको क्रममा लागुऔषध सम्बन्धी कास्की जिल्लामा भए हुनेगरेका सम्पूर्ण डाटाहरु प्रस्तुत गर्दै परीक्षण गर्नु भएको थियो ।

प्रमुख अतिथि धनकुमारी तिमिल्सिनाले लागु औषध दुर्व्यसनमा पर्ने भनेको पारिवारिक रूपमा आफ्ना बाबुनानि हरुलाइ साथीको रुपमा हेर्न र  अपनाउन नसक्दा खुलेर अभिभावकिय भुमिका खेल्न नसक्दा थाहै नपाई बाबुनानि हरु लागुऔषध दुर्व्यसनमा पर्ने भएको हुनाले बाबुआमा सजग रहनु पर्ने बताउनुभयको थियो।

 

प्रतिक्रिया दिनुहोस्: