Worldlink Communications

गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्थाको आयोजनामा नयाँ बर्षको शुभ उपलक्ष्यमा शुभकामना तथा चियापान कार्यक्रम

चैत्र ३० , पोखरा

नयाँ बर्ष २०८० सालको आगमन सँगै पोखरामा नगरपालिका वडा न. १६ अन्तर्गत रहेको महेन्द्र गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्थाको आयोजनामा नयाँ बर्ष २०८० सालको शुभउप लक्ष्यमा वडाको वरपर रहेका विभिन्न, संघसंस्था तथा आमा समूह सबैको उपस्थितिमा एकआपसमा शुभकामना आदानप्रदान गर्दै चियापान कार्यक्रम गरिएको थियो ।

प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १६ का  अध्यक्ष अम्रित शर्मा तिमिल्सिना हुनुहुन्थ्यो भने जनप्रतिनिधिहरुको लगायत संघसंस्थाका प्रमुखहरूको आतित्थ्यतामा भएको कार्यक्रमको अध्यक्षता सस्थाका अध्यक्ष अनिल बस्नेतले गर्नु भएको थियो भने कार्यक्रम संस्थाका सचिव  प्रेम तिमिल्सिना ले सन्चालन गर्नुभएको थियो।

कार्यक्रमको स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष एकराज नेपालले सबैलाई स्वागत गर्नुभएको थियो भने टोल विकास संस्थाहरु को तर्फबाट पुष्पराज अधिकारी, कृषिविज्ञ बेनी बाहादुर बस्नेत, भूतपूर्व गुफा संरक्षण समितिका अध्यक्ष गोविन्द बस्नेत, केशब बस्नेत, हिमालय क्लवका अध्यक्ष सुशील बस्नेत र  विभिन्न पार्टीका अध्यक्षहरुले नयाँवर्षको शुभकामना सहित गुफा संरक्षण को बारेमा बोल्नुभएको थियो।

नेपाली कांग्रेसका वडा पार्टी अध्यक्ष मदन बस्नेतले नयाँ बर्ष को सुभकामना दिदै महेन्द्र गुफाको संरक्षण हामिले गर्नुपर्ने महेन्द्र गुफाको आम्दानी बिन्ध्यबासिनी माध्यमिक  विद्यलयले लिने त्यसको बदलामा हाम्रा वरपरका भाइबहिनीहरु ले पढ्न किन पाउँदैन ? यो दुखद कुरा हो भन्नुभएको थियो।

स्थानीयस्तरमा भएको चियापान कार्यक्रममा स्थानीय संघसंस्थामा आवद्ध व्यक्तित्वहरू सामाजिक, राजनैतिक व्यक्तित्वहरु व्यक्तित्व हरुको विभिन्न वडा पार्टीका अध्यक्ष एवम प्रतिनिधिहरु र स्थानीय युवाहरूको सक्रिय उपस्थितिमा चियापान तथा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षलाई स्वागत गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्: