घारिकुलो सहकारीको रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन 

घारिकुलो सहकारीको रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन 

परिबर्तन न्युज
२ बैशाख २०८० बजे
परिबर्तन न्युज
२ बैशाख २०८०

बैशाख २, पोखरा

पोखरा महानगरपालिका वडा न १७ मा संचालित घारिकुलो बचत तथा ऋण सहकारीको रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन भएको छ।

Advertisement:Ad
Advertisement:Ad

सहकारी स्थापनाको चौथो बर्षको अबसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन भएको हो ।कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाल रेड्क्रस कास्किका मन्त्री सुरेन्द्र गुरुङले गर्नु भएको थियो ।

सहकारीका अध्यक्ष पुरन गिरिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सचालन पबित्रा सुवेदी र स्वागत मन्तव्य सहकारीका ब्यबस्थापक दिपक राज लामिछानेले गर्नुभएको थियो। घारिकुलो टोल बिकास संस्था र घारिकुलो आमासमुह सदस्य तथा पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको रक्तदान कार्यक्रममा रक्त संचार केन्द्र पोखराको प्राबिधिक सहयोग रहेको थियो ।

Advertisement:Ad
Advertisement:Ad

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज