Top Header Ad 1

शान्त मावि पोखरा १८ भकुन्डेमा मिस नेपाल प्रतियोगी वृक्षरोपण गर्दै 

शान्त मावि पोखरा १८ भकुन्डेमा मिस नेपाल प्रतियोगी वृक्षरोपण गर्दै 

परिबर्तन न्युज
१० बैशाख २०८० बजे
परिबर्तन न्युज
१० बैशाख २०८०

बैशाख १०,पोखरा

श्री शान्त माध्यमिक विद्यालय पोखरा १८ भकुन्डेमा शनिवार वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।

डाबर भाटिका मिस नेपाल वर्ष २०२३ का २४ जना प्रतियोगी र व्यवस्थापन दलका सदस्य लगायतको उपस्थीतीमा भएको वृक्षरोपणमा ग्रो ग्रिन नेपालले प्राविधिक तथा विरुवा सहयोग गरेको थियो । विभिन्न जातका १३० वोट विरुवा रोपिएको ग्रो ग्रिन नेपालका संयोजक भुवन श्रेष्ठले जानकारी दिनुभयो।

विश्व पृथ्वी दिवसकै दिन पालि वृक्षरोपण कार्यले हामीलाइ थप उर्जा मिल्ने र पृथ्वीलाइ संरक्षण गर्दै लैजानु पर्ने प्रमुख अतिथी तथा पोखरा १८ का जनप्रतिनिधी मीनाकुमारी सिकेको धारणा छ । मिस नेपालको प्रतियोगी टोली र उपस्थीत सबैले वृक्षरोपण गरि विश्व पृथ्वी दिवसको एक आपसमा शुभकामना साटासाट गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज