Worldlink Communications

शान्त मावि पोखरा १८ भकुन्डेमा मिस नेपाल प्रतियोगी वृक्षरोपण गर्दै 

बैशाख १०,पोखरा

श्री शान्त माध्यमिक विद्यालय पोखरा १८ भकुन्डेमा शनिवार वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।

डाबर भाटिका मिस नेपाल वर्ष २०२३ का २४ जना प्रतियोगी र व्यवस्थापन दलका सदस्य लगायतको उपस्थीतीमा भएको वृक्षरोपणमा ग्रो ग्रिन नेपालले प्राविधिक तथा विरुवा सहयोग गरेको थियो । विभिन्न जातका १३० वोट विरुवा रोपिएको ग्रो ग्रिन नेपालका संयोजक भुवन श्रेष्ठले जानकारी दिनुभयो।

विश्व पृथ्वी दिवसकै दिन पालि वृक्षरोपण कार्यले हामीलाइ थप उर्जा मिल्ने र पृथ्वीलाइ संरक्षण गर्दै लैजानु पर्ने प्रमुख अतिथी तथा पोखरा १८ का जनप्रतिनिधी मीनाकुमारी सिकेको धारणा छ । मिस नेपालको प्रतियोगी टोली र उपस्थीत सबैले वृक्षरोपण गरि विश्व पृथ्वी दिवसको एक आपसमा शुभकामना साटासाट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: