Worldlink Communications

नेपाल शैक्षिक परामर्श संघ ECAN कास्की को शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

बैशाख ११, पोखरा

नेपाल शैक्षिक परामर्श सङ्घ ECAN कास्कीेले  शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

JLCT  गण्डकी प्रदेशका प्रमुख बुद्दि सागर ढकालका अनुसार इक्यानका अध्यक्ष रमेश थापाको अध्यक्षतामा शुभकामना आदानप्रदान कार्यक्रमको प्रमुख अतिथि केन्द्रका उपाध्यक्ष शेषराज भट्टराई हुनुहुन्थ्यो भने कार्यक्रम सञ्चालन ECAN कास्कीका सचिव कमल बरालले गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथी शेषराज भट्टराई ले नयाँ बर्ष २०८० सालको शुभकामना दिनुभएको थियो। JLCT  नेपालमा २०१९ सालबाट सुरु भएको र नेपालका ६ शहर काठमाडौं, पोखरा, इटहरी, झापा,दाङ, चितवन र बुटवल मा  सञ्चालन गरिदै आएको छ। ३ सेसनमा पुरा हुने यो शिक्षण प्रतिस्पर्धा नभई बिद्यार्थीको लागि सजिलो होस् भनेर लिइने प्रक्रिया हो भन्नुभयो।

विशेषगरी सरकारले अहिले अबोर्ड अध्ययन गर्न जानको लागि (no objection letter) NOC नदिएको विषयलाई लिएर प्रमुख अथिति भट्टराईले अन्तर्राष्ट्रिय मूल्य मान्यताको कुरा गर्ने हो भने NOC को आवश्यकता नै नपर्ने बताउनुभयो।

सरकारले NOC दिन रोकेपछि  विद्यार्थीहरू पढ्न पाउने अधिकार र अभिभावकहरुले आफ्नो छोराछोरीलाई निर्वाध रुपमा जहाँ पनि जसरी पनि पढाउन सक्छन् भन्ने कानुनी राज्यको धज्जी उडाउँदै समुद्र पारीका देशमा अध्ययन गर्न जाने विद्यार्थीहरू को लागि NOC रोक्नु भनेको ज्यादै नै दुख लाग्दो र लज्जास्पद बिषय भएको बताउनुभयो ।

जारीगरिएको निर्देशिका को बारेमा परम्परागत सोच भएका शिक्षा क्षेत्रको जिम्मेवारी लिनुभएका महाशाखा प्रमुखहरु र यसलाई चलाउने केही स्वघोषित विद्वान, शैक्षिक प्राविधिक व्यक्तिहरुले यसको गहिराइ र यसको प्रभावकारिता लाइ नबुझेकोमा पनि दुख ब्यक्त गर्नुभएको थियो। जिम्मेवारी बोध नगरिकन लहडको भरमा दुख दिनको लागि ल्याइएको हो भन्ने बुझिन्छ ।

निर्देशिका पास गर्दा न त विद्यार्थीसँग सल्लाह लिइएको छ न त अभिभावक सग सल्लाह लिइएको छ न त कुनै कन्सल्टेन्सी सग सल्लाह लिइएको छ। कुनै व्यक्तिको  सामान्य सोचका भरमा ल्याईएको यो निर्देशिका केवल poltical battle मात्र भएको बताउनुभएको बताउनुभएको थियो। निर्देशिका ३० दिन सम्म लुकाएर परिपक्व बनेपछि सार्वजनिक गरिन्छ भने यसको इन्टेन्सन  के हो  सजिलै बुझ्न सकिन्छ भन्नुभएको थियो।

कन्सल्टेन्सी अर्थात् शैक्षिक परामर्श केन्द्रहरुलाइ मानब वेचविखन गर्ने सस्था र दलालहरु को झुण्ड को रुपमा हेर्ने दृष्टिकोण सरकारले तुरुन्तै परिवर्तन गर्नुपर्छ  र  हाम्रा कुन कुन विषय सरकारलाई चित्त नबुझेको हो सबै विषयहरु खुलस्त हामीहरुको अगाडि राखेर बहस, सल्लाह गर्नसक्नु पर्छ अन्यथा कन्सल्टेन्सी खोल्दा ढाडै सेक्ने गरि बढि भन्दा बढि धरौटी बुझाउनु पर्ने लगायतका कानुन बन्दैछन यसको ECAN घोर बिरोध गर्दछ भन्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य एबम शुभकामना राख्दै JLCT का सुरेन्द्र बराल,FACAN गण्डकीका संजय कुमार सुवेदी, पूर्णचन्द्र न्यौपाने,LAAM का पुर्व अध्यक्ष युवराज खनाल FACAN का पूर्वअध्यक्ष जागृत भट्टराई , JLCT नेपाल का विवेक पाठक , प्रमोद लिम्बू, भवनाथ हुमागाईं,ECANका पुर्व अध्यक्ष भुबन बहादुर क्षेत्री, कास्कीका इन्द्रराज तिवारी लगायत का वक्ताहरुले विभिन्न नामबाट सञ्चालित शैक्षिक परामर्श केन्द्रहरु एउटै छाताभित्र रहन सक्ने गरी बनाउन सक्नुपर्छ भन्नुभयको थियो ।

सबै मिलेर अगाडी बढियो भने राज्यले हाम्रा विषयहरु सुन्न सक्छ यसको नेतृत्व जसले लिँदा पनि हुन्छ तर काम गरेर देखाउनु पर्छ अब गफ होइन काम गर्नुपर्छ विभिन्न नाममा दर्ता भएका कन्सल्टेन्सीहरुको एउटै छाताभित्र अटनसक्ने वातावरण किन बन्दैन भन्नुभएको थियो। अहिले राज्यले बाहिर अध्ययन गर्न जाने विद्यार्थीहरू को लागि no objection letter  नदिएको बिषयको बारेमा उठाएका विभिन्न प्रश्नहरुको जवाफ केन्द्रले लिन सक्नुपर्छ कसैले पनि पढ्न पाउने नैसर्गिक अधिकार बाट बन्चित गर्ने अधिकार कसैलाइ पनि छैन भन्नुभएको थियो।

कार्यक्रमको अन्तमा ECAN कास्कीका अध्यक्ष रमेश थापाले संस्थालाई बलियो  चुस्त दुरुस्त राख्नको लागि सबै मिलेर जानुको विकल्प नभएको बताउनुभएको थियो। धेरै नामबाट खोलिएका परामर्श केन्द्रहरुको हकहितको निम्ति एउटा बलियो छाता संगठन बनाउनुपर्छ भन्नुभएको थियो ।सबै एकजुट भएर जान सकेमा राज्यले हामीलाई सम्मानजनक व्यवहार गर्न बाध्य हुनुपर्छ भन्नुभयो। २०८० सालको मगलमय शुभकामना व्यक्त गर्दै आजको कार्यक्रम को महत्वपूर्ण दोस्रो भाग रात्रिभोजमा सबै सरिक भइदिनुहुन अनुरोध गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्: