Worldlink Communications

नेलम्बो नेपालले विश्व प्रेस स्वतन्त्रता दिवसमा निःशुल्क दन्त शिविर सञ्चालन गर्ने

बैशाख १९,पोखरा

गैह्रापाटनमा रहेको नेलम्बो नेपालले यही वैशाख २० गते विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा नेपाल पत्रकार महासंघ कास्कीमा आवद्ध सञ्चारकर्मीहरुलाई निःशुल्क दन्त शिविर सञ्चालन गर्ने भएको छ ।

नेलम्बो नेपालले पत्रकार महासंघ सँग समन्वय गरेर सञ्चारकर्मीहरुको मुखको  स्वास्थ्यलाई मध्यनजर गर्दै दन्त शिविर सञ्चालन गर्न लागेको हो । नेपाल पत्रकार महासंघको प्राङ्गणमा हुने दन्त शिविरमा दन्त परीक्षण, दाँतको एक्सरे दाँत निकाल्ने, दाँत सफा गर्ने, दाँतको जरै देखि उपचार, गिजाको उपचार र औषधी वितरण जस्ता सेवाहरु रहेको छ ।

नेलम्बो नेपालले आयोजना गरेको  शिविर विहान ठीक आठ बजे देखि पत्रकार महासंघको प्रांगणमा सञ्चालन हुने भएको छ । शिविरमा दन्त चिकित्सक डा. सिजन मर्सानी , दन्त चिकित्सा सहायक करुणा गर्बुजा, अञ्जु वि.क. कार्यक्रम संयोजक भीम प्रसाद भण्डारी, क्लिनिकल सहयोगी रितिक चुवाई, फिल्ड एडमिन सहयोगी नम्रता ढुङ्गाना, प्राविधिक सुपरभाईजर रुपेश गुरुङ्ग र मुक्त बहादुर माल लगायत  ८ जनाको टोली शिविरमा संलग्न रहने छ ।

दन्त शिविरमा सम्पूर्ण सञ्चार कर्मीहरुलाई उपस्थित भई उपचार लिन समेत आग्रह गरिएको छ । उक्त शिविरमा जरैदेखि उपचार गराईएका विरामीहरुलाई आवश्यकताका आधारमा पूनः उपचार फलोअपको पनि व्यवस्थापन मिलाईएको नेलम्बो नेपालका कार्यक्रम संयोजक भीम प्रसाद भण्डारीले परिबर्बतनन्यूज .कम लाइ बताउनु भयो  ।

प्रतिक्रिया दिनुहोस्: