Worldlink Communications

महेन्द्र माध्यामिक विद्यालय घार्मिले ३३औं बार्षिक उत्सव मनायो

बैशाख २६, पोखरा

पोखरा महानगरपालिका वडा न. १९ , लामाचौर घार्मिमा रहेको महेन्द्र माध्यमिक विद्यालयले आज आफ्नो ३३औं वार्षिक उत्सव मनायो।

वार्षिक उत्सव कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेलले गर्नुभएको सो कार्यक्रम का प्रमुख अतिथि पोखरामा नगरपालिका को मेयर धनराज आचार्यले गर्नुभएको थियो। करिब ३५० भन्दा बढि अभिभावक को उपस्थितिमा कार्यक्रमलाई भव्य र सभ्य बनाउनक लागि विद्यालयका सहायक प्रधानाध्यापक नन्दराज दहाल र शिक्षक रत्ना विश्वकर्माले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रमुख अथिति पोखरामा नगरपालिकाका मेयर धनराज आचार्यले  पानसमा बत्ती बालेर, ब्यानरमा हस्ताक्षर गरेर विद्यालयको ३३औं बार्षिक उत्सव कार्यक्रमको उद्घाटनका गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि आचार्य ले आर्थिक, भौतिक ,शैक्षिक लगायत विद्यालयको चौतर्फी विकासको निम्ति पोखरा महानगरपालिका को तर्फबाट गर्नुपर्ने सबै सहयोग गर्ने बताउनुभयो ‌। विशिष्ट अतिथि महानगरीय शिक्षा कार्यालय का प्रमुख भीमप्रसाद आचार्यले आवश्यकता अनुसार बिधालयको कक्षाकोठा निर्माण र नया दरबन्दीको लागि सिङ्गो महानगरपालिका र सम्बद्ध निकायसँग महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियो।

बिशिस्ट अतिथी रोटरी क्लव अफ पोखरा न्यूरोडका अध्यक्ष गीता देवकोटा सिग्देल, पोखरा महानगरपालिका वडा १९ का अध्यक्ष पुस्पेन्द्र पाण्डे पुर्ब अध्यक्ष शुभ मोहन पौडेल लगायतले विद्यालयको उत्तरोउतर प्रगति को कामनासहित विद्यालय व्यवस्थापन समितिको तर्फबाट आफ्नो मन्तव्य राख्नु भएको थियो।

बिधालय का प्रधानध्यापक वासु पौडेलले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो भने लेखा सहायक रमेश आचार्यले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो। कार्यक्रममा पूर्व वडाध्यक्ष एवं वर्तमान बिधालय ब्यबस्थापन समितिका सल्लाहकार शोभा मोहन पौडेल, वडाध्यक्ष पुस्पेन्द्र पाण्डे, जनप्रतिनिधि दुर्गा बस्नेतले विद्यालयप्रतिको उज्ज्वल भविष्यप्रति अहिले बनेको व्यवस्थापन समिति जिम्मेवार भएर लागेको देखिन्छ टिमलाई बधाई दिँदै विद्यार्थीहरुको बढेको विषयमा  आफूहरु खुसी भएको  बताउनु भएको थियो।

कार्यक्रममा शिक्षक सुर्य घिमिरेले कविता को माध्यम बाट विद्यालयको बास्तबिकता लाइ  जस्ताको तस्तै पस्कने प्रयास गर्नुभएको थियो भने कक्षा १० मा अध्यनरत असीम सुनारले स्वागत मन्तव्य राख्नुभएको थियो । शिक्षकहरूको तर्फबाट शिक्षक धन कुमार श्रेष्ठले आफ्नो मन्तव्य राख्नुभएको थियो।

विद्यालयको स्थापना कालदेखि नै यस विद्यालयको नाममा अक्षय कोष जम्मा गर्दै आउनुभएको विरासतलाई निरन्तरता दिँदै यस वर्षपनि अक्षयकोष दाताहरुको थपिनु भएको थियो जसमा आजको पहिलो अक्षयकोष दाता विद्यालय व्यवस्थापन समितीका अध्यक्ष बैंकुण्ठ पौडेलले ५१०००/-, बाबुराम सुनारले ५११११/-, राधा पौडेल ले ५०१५०/-, विद्यालयका प्रधानध्यापक बासुदेव पौडेलले पहिला भएको अक्षय कोषमा थप ५० हजार थप्नु भएको छ। भने  नारायण पौडेल ले ११११११ जम्मा गर्नुभएको छ। त्यस्तैगरी स्वर्गिय पतिको स्मृतिमा बुढी आमा तुलसी पौडेल आमाले ५०००/- को अक्षयकोष को स्थापना गर्नुभएको छ उहाँहरु सबैलाई विद्यालय प्रशासन विद्यालय व्यवस्थापनको तर्फबाट खादा र मालाले सम्मान गरिएको थियो।

करिब ३५० भन्दा बढी अभिभावक लगायत आगन्तुकहरुको समउपस्थितीमा मनाइएको बिधालयको ३३औ बार्षिक कार्यक्रम भव्य र सभ्य र ब्यबस्थित देखिएको थियो भने कार्यक्रमको अन्तमा धन्यबाद ज्ञापन सहित सभापति बैकुण्ठ पौडेलले समापन गर्नु भएको थियो  ।

 

 

 

प्रतिक्रिया दिनुहोस्: