सम्झना आमा समुह तल्लाडाडाको आयोजनामा महिला स्तरिय हाज़िरी जवाफ प्रतियोगिता सम्पन्न

सम्झना आमा समुह तल्लाडाडाको आयोजनामा महिला स्तरिय हाज़िरी जवाफ प्रतियोगिता सम्पन्न

परिबर्तन न्युज
२९ बैशाख २०८० बजे
परिबर्तन न्युज
२९ बैशाख २०८०

बैशाख २९,पोखरा

पोखरा महानगरपालिका सामाजिक बिकास महाशाखा को आर्थिक सहयोग , पोखरा वडा नं १९ को समन्वय र सम्झना आमा समुह तल्लाडाडाको आयोजनामा महिला स्तरिय हाज़िरी जवाफ प्रतियोगिता सम्पन्न ।

Advertisement:Ad
Advertisement:Ad

प्रतियोगितामा १० टिम सहभागि भएका थिए । १०० वटा प्रश्न सोधिएको उक्त कार्यक्रममा सृजनशिल आमा समुह डाडागाम प्रथम स्थान हासिल गर्यो, भने जनजागृति आमा समुह तल्लाकोट ठाटी ले दुत्तिय स्थान हासिल गर्यो , तेस्तैगरि चारघरे जागृति आमा समुह चारघरे तृतीय हासिल गर्यो भने जुनेली आमा समुह गोस्ते ले सान्त्वना स्थान हासिल गरी क्रमश ४०००/३०००/२०००/१००० नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि वडा नं १९ का वडा जनप्रतिनिधि बिकास आचार्य रहनु भएको थियो भने बिशेष अतिथिमा बड़ा जनप्रतिनिधि दुर्गा देबी बस्नेत हुनुहुन्थ्यो त्यस्तैगरी अतिथिहरुमा बिन्ध्येश्वरी मा बि का प्राध्यानाध्यापक श्रीराम आचार्य , भारती भवनका शिक्षिका सृजना खनाल , डाडाचारघरे साकोसका अघ्यक्ष तुलसी बास्तोला , समाजसेबी बुबा ऋृषिराम बास्तोला रहनुभएको थियो ।

Advertisement:Ad
Advertisement:Ad

जमुना बास्तोला अघ्यक्षतामा भएको कार्यक्रम लाइ भब्य र सभ्य बनाउनको लागि संस्थाका सचिव बुद्दिकला बास्तोला ले सन्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज