Worldlink Communications

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज देखि भारत भ्रमण गर्दै

जेठ १७,काठमाण्डौ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज देखि  भारत औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । वर्तमान सरकारले सुशासन, समृद्धि र संविधानको कार्यान्वयनलाई विशेष प्राथकितामा राखेको सन्दर्भमा प्रधानमन्त्री दाहालको यो पहिलो औपचारिक भारत भ्रमण हो ।
प्रधानमन्त्रीको यो भ्रमणलाई सबै तह तप्का र  बर्गले महत्वका साथ हेरिरहेका छन संका उपसंका बिच हुनलागेको यो भ्रमण रास्ट्रिय हित बिपरित नहोस भन्नेमा सबैको चासो रहेको देखिन्छ। प्रधानमन्त्री दाहालसँग परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित सरकारी प्रतिनिधिमण्डलको टोलि  भारत जादै छ ।
प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा द्विपक्षीय हितमा विद्युत्  प्रसारण लाइन निर्माण, एकीकृत जाँचचौकीको उद्घाटन लगायत नेपालको  ऊर्जा तथा जलबिधुत  क्षेत्रमा भारतीय लगानी प्रवद्र्धन, व्यापार तथा पारवहन एवं हवाईमार्गका बारेमा साथै हरेक वर्ष नवीकरण गर्नुपर्ने र सुरुदेखि नै प्रक्रिया अगाडि बढाउनुपर्ने प्रक्रियागत झन्झट को बारेमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्: