Worldlink Communications

सोमबार देखि हराएका ऋषिराम शर्मा पौडेल पोखरा चाउथेको नहरमा मृत भेटिए

जेठ २३, पोखरा

पोखरा महानगरपालिका वडा न. ११ फुलबारी बस्ने ५० वर्षीय ऋषिराम शर्मा सोमबार देखि सम्पर्क विहिन हुनुभएका उहाँ महानगर पालिकाको चाउँथे नजिकै नहरमा मृत भेटिनु भएको थियो।

गत सोमबार बिहानदेखि घर परिवारको सम्पर्क विहिन हुनुभएका शर्मा चाउथेको नहरमा मृत अवस्थामा भेटिनु भएको जिल्ला प्रहरी कार्यालय ले जानकारी दिनुभएको हो।

जिल्ला प्रहरी कार्यालय का अनुसार नहरमा पुरुष देखेपछि अनुसन्धान हुदाँ मृत अबस्थामा भेटिएका पुरुष पोखरा महानगर पालिका ११ फुलबारीका ५० वर्षीय ऋषिराम शर्मा पौडेल भएको  उहाँका आफ्नो छोराले चिनेपछि सनाखत गरि जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय ले जानकारी दिनुभएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीको अनुसार मृत भेटिएका शर्माको आत्महत्या वा हत्या हो भन्ने विषयमा कास्की प्रहरीले अनुसन्धान गर्न सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्: