पोखरा ५ ले योजना तथा बजेट निर्माणमा लियो युवाहरुको सुझाव

पोखरा ५ ले योजना तथा बजेट निर्माणमा लियो युवाहरुको सुझाव

परिबर्तन न्युज
२५ जेष्ठ २०८० बजे
परिबर्तन न्युज
२५ जेष्ठ २०८०

जेठ २५, पोखरा

पोखरा महानगरपालिका वडा नं. ५ ले वडाको योजना तथा बजेट निर्माणमा युवाहरुको दृष्टिकोण बुझ्दै सुझाव लिएको छ । बुधबार वडाले ‘योजना छनोट तथा बजेट निर्माणमा युवाहरुको दृष्टिकोण’ कार्यक्रम आयोजना गरि युवाहरुको सुझाव लिएको हो ।

Advertisement:Ad
Advertisement:Ad

वडा ५ का वडाअध्यक्ष विष्णु प्रसाद बरालले विकास निर्माणका प्रत्येक काममा युवाहरु आउनु आवश्यक रहेको बताउनुभयो । विदेश पलायन रोक्न युवाहरुलाई सिपमुलक कामहरु सिकाएर नेपालमै रोजगारको वातावरण सिर्जना गर्नुपर्ने उहाको भनाई थियो ।

समग्र वडाको विकासका लागि युवाहरुकै महत्वपूर्ण भूमिका रहने र युवाको धारणा तथा दृष्टिकोण कस्तो रहेने भन्ने बिषय बुझ्न को लागि यो कार्यक्रमको आयोजना गरिएको वडाअध्यक्ष बरालले बताउनुभयो । पोखराका ३३ वटा वडा मध्ये बजेटमा युवाहरुको दृष्टिकोण बुझ्न खोजिएको वडा ५ पहिलो रहेको उहाँले  दावी गर्नुभएको थियो।

Advertisement:Ad
Advertisement:Ad

उपस्थित युवाहरुले समग्र वडाको विकासका लागि आआफ्नो सुझाव प्रस्तुत गर्नुभएको थियो । जसमा सडक दुर्घटना न्यूनीकरण, सिसि क्यामेरा जडान, आइटीको पहुँच, बैदेशिक रोजगारलाई न्यूनीकरण, कृषि क्षेत्रमा गर्नुपर्ने भावि योजना, खेलकुदका विभिन्न सुझाव, पर्यटनको आकर्षक गन्तव्यको पहिचान लगाएतका विषयलाई युवाहरुले महत्व दिनुभएको थियो।

बडाले योजना तथा बजेटसँग सम्वन्धित रहेर सरोकार वालाहरुसँग छुट्टाछुट्टै छलफल तथा सुझाव संकलन गरिरहेको छ ।कार्यक्रममा स्वागत मन्तव्य वडासदस्य हरिमाया विकले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन वडासदस्य कल्पना भुवाजी क्षेत्रीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज