Worldlink Communications

गण्डकी प्रदेश प्रमुखको सचिवालयको सवारी मापसेमा पक्राउ 

असार २,पोखरा

गण्डकी प्रदेश प्रमुखको सचिवालयका सावरीका चालकले मापसे गरेर सवारी चलाएपछि उक्त सवारी प्रहरीले नियन्त्रणमा लिएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङको सचिवालयको सवारी साधन वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको हो ।

हिजो शुक्रबार अपराह्न ४ बजेको समयमा कास्कीको पामेबाट पोखरा आउदै गरेको ग १ झ २६३ नम्बरको सुमोका चालकले मापसे गरेका कारण प्रहरीले नियन्त्रणमा लिएको सो गाडिका सवारी चालक प्रदीप बराल रहेका थिए ।

बरालले मापसे गरी सवारी चलाएको थाहा भएपछि विद्यार्थी नेता डिफान भुजेलको नेतृत्वले उक्त सवारी नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय बैदाममा बुझाएको थियो ।

मापसे गरी सवारी चलाएका चालक प्रदीप बराललाई मापसे अनुसार कारबाहीका लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा बुझाइएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी उपरीक्षक बेद जोशीले जानकारी दिए । उक्त सवारीमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङका प्रेस संयोजक माधव रेग्मी सहित चार जना सवार रहेको प्रहरीले जनाएको छ ।

https://www.facebook.com/difan.bhujel/videos/809379310396363/?mibextid=Nif5oz

प्रतिक्रिया दिनुहोस्: