Worldlink Communications

सहारा बाल आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष -बिक्रम थकाली

असार ४,पोखरा

पोखरा-९, बसपार्क कास्कीमा रहेको श्री सहारा वाल आधारभूत विद्यालयको व्यवस्थापन समिति गठन गरेको छ ।

आज असार ४ गते वडा नं ९ वडा का अध्यक्ष दिपेन्द्र मर्सानिको अध्यक्षतामा वसेको वैठकले समाजसेवी, शिक्षा तथा खेलप्रेमी, विकासप्रेमी सहारा क्लब पोखराका पूर्व अध्यक्ष श्री विक्रम थकालीलाइ सर्वसम्वत निर्वाचित गरेको छ ।

अभिभावकहरुको तर्फबाट मिति २०८० जेठ १९ गतेको भेलाले  वि.व्य.स समितीमा विकास बराल, जुना दर्जी र रामु बस्नेत त्यसैगरी वडावाट मोनित सदस्यहरु ठाकुर प्रसाद काप्री, समाजसेवी, बुद्दिजीवी एवम चन्दादाताहरुको तर्फवाट शुशिल लामिछाने, शिक्षक प्रतिनिधि रुद्र बहादुर कार्की राजु र सदस्य सचिव मा विद्यालयका प्रधानाध्यापक लोचना कुमारी अधिकारी चयन हुनुभएको छ।

विद्यालय निरिक्षक जीवन प्रसाद रेग्मि र वडा सदस्य नन्दराम गिरिको विशेष उपस्थिति रहेको कार्यक्रममा विद्यालयको चौतर्फी विकासका बारेमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: