Worldlink Communications

लागूऔषधसहित पोखरामा दुई जना पक्राउ

असार ८ ,पोखरा

पोखरा को लेकसाइड स्थित एक होटलबाट लागूऔषधसहित एक विदेशी महिला र एक नेपाली पुरुष पक्राउ परेका छन् ।

दुइ दिन अघि दिउसो १ बजे लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं र  लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराबाट खटिएको सयुक्त प्रहरी टोलीले गोप्य सूचनाको आधारमा पोखरा महानगरपालिका–६ लेकसाईडबाट उनिहरुलाई लागू औषध सहित नियन्त्रणमा लिएको थियो ।

मोरङ बिराटनगर महानगरपालिका वडा न.१२ घर भएका २६ वर्षका  राज गौतम र चेक रिपब्लिकबाट जारी ४६५७०३३३ नम्बरको राहदानी बाहक ३२ वर्षीया मार्टिना रहेका छन् ।

टोलिले उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारी शरीर तथा झोला खानतलासी गर्दा लागू औषध एलएसडी २६ पिस, लागू औषध एम्फेटामाईन (आईस जस्तो देखिने) ४०० मिलिग्राम सहित २ थान मोबाइल फेला परेको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान को लागि लागुऔषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट दिन पाँच म्याद थप गरेको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: