Worldlink Communications

पोखरामा महानगरपालिका वडा न.१९ ले गर्यो बाल प्रतिभाको प्रतिस्पर्धा

असार ८, पोखरा

आज पोखरा महानगरपालिका वडा न.१९ लामाचौरले “देश विकासमा विद्यार्थीको भुमिका” शिर्षक मा रहेर वडा बिधालय स्तरीय प्रतिभा प्रतिष्पर्धा वक्तृत्वकला कार्यक्रम गरेको छ ।

पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा को आर्थिक सहयोग र पोखरा १९ को आयोजनामा भएको उक्त कार्यक्रमको निर्णायक भुमिकामा सामाजिक बिकास माहाशाखाका निमित्त प्रमुख बिष्णुमाया पौडेल , वडा शिक्षा समितिका सदस्य सुरेन्द्र मान सिंह भन्डारी , इन्द्रराज्य मा बि का शिक्षिका सिता पौडेल रहनु भएको थियो ।

उक्त कार्यक्रमको अघ्यक्षता वडा अध्यक्ष पुष्पेंद्र पान्डेले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन वडा सदस्य बिकास आचार्य ले गर्नु भएको कार्यक्रम अयोजक को संयोजकत्व वडा सदस्य दुर्गा बस्नेतले गर्नु भएको थियो । सबै जनप्रतिनिधि हरु र बिधालय शिक्षक प्रतिनिधहरुको समउपस्थितीमा आफ्नै कार्यालय को सभाहलमा भएको थियो।

कार्यक्रममा वार्ड भित्र रहेका ४ वटा माध्यमिक विद्यालयहरु बाट करिब ५० जनाको उपस्थितिमा भएको सो कार्यक्रममा क्रमशः श्री बिन्ध्यश्वरि मा वि  तल्लाकोट बाट अन्जित आचार्य, लक्ष्मी वि.क, र  रोजि तमाङ त्यस्तै गरि श्री भारती भबन मा बि पुरुन्चौर बाट स्मृति गौतम ,आयुषा बास्तोला, कैलास तिवारी ,श्री महेन्द्र मा वि घार्मि बाट असिम सुनार, प्रसंसा पौडेल र श्री एल एन्जल बोर्डिङ स्कुल भुनपरे बाट  विभागका र आचार्य दिवाकर आचार्य मिरा छन्त्याल गरेर जम्मा १० जना ले प्रतिश्पर्धा मा भाग लिएका थिए।

प्रतिस्पर्धामा भाग लिएका दशै जना विद्यार्थीहरूले “देश विकासमा विद्यार्थीको भुमिका”भन्ने शीर्षकमा भुमिका भन्दापनि वास्तविकता को धरातलमा बाट माध्यमिक विद्यालयको पढाइसकेर हरेक विद्यार्थी हरु बाहिर जाने सिफारिस बनाउनको लागि वार्ड कार्यालय मा लाइन लागेको देख्दा आफूहरु धेरै दुखी भएको बताएका थिए।

नतिजा प्रकाशन गर्दै सिता पौडेलले सान्त्वना पुरस्कार भारती भबन मा बि का आयुषा बास्तोला लाइ नगद पुरस्कार ५००/- र सम्मान पत्र , तृतीय पुरस्कार भारति भबन मा बि पुरुन्चौरका कैलास तिवारी लाइ नगद रु. १०००/- र सम्मान पत्र, दित्तीय पुरस्कार बिन्ध्यस्वरि मा बि तल्लाकोट का लक्ष्मी बि क लाइ नगद रु. २०००/- र सम्मान पत्र र प्रथम पुरस्कार महेन्द्र माध्यमिक विद्यालय घार्मि का असिम सुनार लाइ नगद रु.३०००/- र सम्मान पत्र प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्: