Worldlink Communications

राष्ट्रिय मा वि का विद्यार्थी लाई न्यायिक प्रशिक्षण

पोखरा १५ , असार

स्थानीय तहमा हुने विवाद र त्यसको  निरुपणका लागि नेपालको संविधानले स्थानीय तहमा न्यायिक समितिको व्यवस्था  गरेको छ । समाजमा हुने विवाद ठुलो बन्ने र त्यसले समाजमा नकारात्मकता सृजना गर्ने भएकाले विवादलाई स्थानीय स्तरमै समाधान गरेर शान्ति र मेलमिलाप  कायम गर्ने उदेश्यले न्यायिक समितिको अवधारणा संवीधानवाटै ल्याइएको हो ।

नेपालमा रहेका ७५३ स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समितिहरु रहेका छन् । समितिहरुले गर्ने न्यायिक सम्पादनवारे खासै प्रचार नहुदा प्रभावकारी बन्न सकीरहेको छैन। न्यायिक निरुपण सहज र सर्वसाधारणको समेत सहज पहुँचमा पुर्याउने संवैधानिक व्यवस्था भए अनुसार अहिले न्यायिक समितिले पालिकामा काम गरिरहेका छन् । न्यायिक समितिको काम, कर्तव्य र यसको व्यवहारिक पाटोबारे विद्यालय तहदेखि नै यसको बारेमा जानकारी दिने उद्देश्यले पोखरा महानगर न्यायिक समितिले अहिले महानगर भित्रका विद्यालयहरु र ज्येष्ठ नागरिकसंग न्यायिक कार्यक्रम अभियानकै रुपमा सञ्चालन गरेको छ ।

सोहि कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका वडा नम्वर १ मा रहेको राष्ट्रिय माविमा  ‘विद्यार्थीसँग न्यायिक समिति, प्रशिक्षण तथा अन्र्तक्रिया’ कार्यक्रम सम्पन्न गरेको छ ।पोखरा महानगर उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले कानूनले व्यवहारलाई नियमबद्ध पार्न सघाउने हुनाले कानून सबैले जान्नुपर्ने विषय रहेको बताउनु भयो  ।

असल र सभ्य  समाजको निर्माणाका लागि समिति प्रभावकारी रुपमा लागि परेर लागिरहेकोले  शान्ति, सदभाब  फैलिनु पर्छ भन्नुभयो ।  ‘विद्यार्र्थीहरुका माध्यमबाट न्यायिक समितिलाई जनस्तर सम्म पु-याउन सहज हुन्छ  भन्दै  गुरुङले कसैलाई पनि अन्याय हुनहुदैन भन्नुभयो।   न्याय सबैको लागि समान पहुँचमा हुनको लागि स्थानीय तहमा न्यायिक समितिको व्यवस्था गरिएको उनको भनाइ राख्नु भयको थियो। कानुन  र  न्याय सबैको समान पहुँचमा हुनुपर्छ  जसको लागि  कानून निर्मम हुनु पर्ने बताउनुभयको थियो ।

कानूनबाट कोही पनि उम्किन नपाउने भएकाले सबैले कानूनबारे जानकार हुनुपर्ने बताउदै  विधार्थीले  अन्य विषयको ज्ञानसँगै कानूनको ज्ञान पनि लिन जरुरी रहेको ले पोखरा महानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष साहारा प्रधानले न्यायिक समितिले  विद्यालय स्तरदेखि नै कानूनी चेतना फैलाउने अभियान थालेकोमा खुसी व्यक्त गर्नु भयको थियो । विद्यालयस्तरदेखिनै कानूनी ज्ञानभए विद्यार्थीहरु पारिबारिक र  व्यवहारिक रुपमा सहज हुने बताउनु भएको थियो।

प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणा र प्रेस क्लब गण्डकीका सचिव गौरब त्रिपाठी र कोषाध्यक्ष राजु गिरीले बोल्नु भएको थियो भने कार्यक्रममा न्यायिक समिति सदस्य कालिदास पोखरेलले न्यायिक समितिको गठन प्रकिया, समितिका अभिलेख संरक्षक राममणी अधिकारी र मेलमिलाप संयोजक सोम लम्सालले संवैधानिक व्यवस्था र अधिकार क्षेत्र बारे प्रशिक्षण गराउनु भयको थियो ।

प्रतिक्रिया दिनुहोस्: