Worldlink Communications

कास्कीमा बिपन्न बस्तिमा मुख्य मन्त्री कार्यक्रम उपयोगी र प्रभाबकारी भएको स्थानियको भनाइ 

असार १९ , पोखरा

कास्कीमा बिपन्न बस्तिमा मुख्य मन्त्री कार्यक्रम उपयोगी र प्रभाबकारी भएको एक स्थानिय लाभग्राहीहरूले बताएका छ्न।  कार्यक्रमको अनुगमन तथा कार्यान्वयनको अबस्था निरिक्षण गर्दै उक्त कार्यक्रमको कास्की जिल्ला संयोजक समेत रहेका जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले अति बिपन्न जनताको आर्थिक स्तर सुधार्न प्रदेश सरकारले ल्याएको कार्यक्रम सफलरूपमा कार्यान्वयन भएकोमा खुशी व्यक्त गर्नुभयो । पौडेलले बिपन्नहरूको आय आर्जनमा जग बसाउन ल्याइएको कार्यक्रमबाट पूर्ण लाभ लिदै भबिष्यमा ब्यबसाय बिस्तार हुनेगरी ब्यबसायिक कृषि प्रणाली अबलम्बन गर्ने पूर्बाधार निर्माणका लागि निरन्तर प्रयासरत हुन स्थानिय कृषकहरूलाइ आग्रह गर्नुभयो।

कृषि उपजबाट समृद्ध नेपाल सुखी नेपालीको अबधारणा साकार हुनेहुँदा यो कार्यक्रमको सफलताले नै भाबी अन्य कार्यक्रम समेत आकर्षित हुनु नहुने कुरा निर्धारण गर्ने हुँदा सफल बनाउन सबैलाइ आग्रह गर्नुभयो कास्कीका जिल्ला समन्वय अधिकारी नबराज बरालले कुल लागतको ९० प्रतिसत प्रदेश सरकार र बाकी दस प्रतिसत रकम लाभग्राही स्वयंले ब्यहोर्ने गरि संचालित कार्यक्रम परिणाम उन्मुख र सफल देखिनुले अब समृद्धिका दिन धेरै टाढा नभएको आफुहरूलाइ महसुस भएको उल्लेख गर्नुभयो।

बरालले केही गर्ने इच्छा शक्ति भएका तर लगानी तथा अन्य कारणले आफ्नो आर्थिक अबस्था सुधार गर्न नसकेका जनताको लागि यो कार्यक्रम फलदायी हुने बिश्वास व्यक्त गर्नुभयो।कृषी ज्ञान केन्द्र पोखराका प्रमुख शालिकराम अधिकारिलेरूपाको इश्लामिक कृषि समुहलाइ करिब बाईस लाख रूपैयाँको लागतका मौरी सहितका घार, कुखुरा सहितका खोर ,तरकारी टनेल तथा विभिन्न फलफूलका बिरुवा बितरण गरिएको जानकारी दिनुभयो ।

त्यसैगरी अधिकारिले मादीका गाउँ पालिका वडा न ७ स्थित थाक गाउँमा करिब बाईस लाख रूपैयाँकै लागतका मौरी सहितका घार, कुखुरा सहितका खोर ,तरकारी टनेल तथा विभिन्न फलफूलका बिरुवा बितरण गरिएको जानकारी दिनुभयो ।

रूपा गाउपालिकाका मिया गाउँका स्थानिय अगुवा तथा समाजसेबी सबाबक्स मियाले बिपन्न बर्गको उत्थानका लागि सहयोगी कार्यक्रम ल्याएकोमा प्रदेश सरकारलाई आभार प्रकट गर्दै यी र यस्ता जनहितकारी कार्यले नै नेपालमा संघियताको औचित्य पुष्टि हुँदै जाने उल्लेख गर्नुभयो।त्यस्तै मादी थाकबस्तिका स्थानिय लाभग्राही कृषकथाक बिपन्न बर्ग तरकारी उत्पादन कृषी समूहकि अध्यक्ष पदम कुमारी कोइरालाले आफुहरूको पीडा बुझ्ने प्रदेश सरकार भएको अनुभुति आफुहरूलाइ भएको भन्दै यो अबशरको उच्चतम सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

बिपन्न जनताको बसोबास भएको बस्तिको पहिचान गरि आर्थिक बर्ष २०७९-८० को कार्यक्रम अन्तर्गत कृषि तथा भुमी ब्यबस्था मन्त्रालय मातहतको कृषि ज्ञान केन्द्र मार्फत जनताको आयस्तरमा सुधार ल्याउने उद्देश्यले प्रदेशका ११ वटै जिल्लामा सो कार्यक्रम संचालित छ।

जसअन्तर्गत अन्तर्गत कास्की जिल्लामा रूपा गाउँपालिका वडा न ६ को मिया गाउँस्थित इश्लामिक कृषि समुह र मादीका गाउँपालिका वडा न ७ स्थित थाक गाउँका बिपन्न बस्ति चालू आर्थिक बर्ष २०७९-८०मा छनोटमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्: