Worldlink Communications

शुक्ला साहित्य प्रतिष्ठान द्वारा २१०औ भानु जयन्तीको अवसरमा विविध कार्यक्रम सम्पन्न   

असार २९, पोखरा

पोखरा महानगरपालिका वडा नं १६ मा अबस्थित शुक्ला साहित्य प्रतिष्ठानले २१०औ भानु जयन्तीको अवसरमा साहित्यको उर्वर भूमि मा ‘मेरो देश’ नामक कबिता सङ्ग्रह लोकार्पण साथै बिबिध रचना वाचन तथा श्रवण कार्यक्रम सम्पन्न गरेको छ।

शुक्ला साहित्य प्रतिष्ठान अध्यक्ष हरी बरुवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार चन्द्रप्रकाश बानियाँ रहनु भएको थियो भने स्वागत मन्तव्य प्रतिष्ठानका प्रथम उपाध्यक्ष दुर्गा बस्नेतले राख्नु भएको थियो । उँहाले आदिकवि भानुभक्त आचार्यको चर्चा परिचर्चा गर्नुको साथै कबिता बाचन गर्नु भएको थियो ।

प्रमुख अतिथि बानियाँले आदिकवि भानुभक्त आचार्यले नेपाल र नेपालीलाई गीत ,कविता र लयको संसारनै उपहार दिएको बताउनु को साथै भानुको महिमा अपराम्पार रहेको हुदा सबैले भानुको स्मरण गर्न आवश्यक रहेको बताउनु भयो ।

त्यस्तैगरी कबिता वाचन गर्नेहरुमा शुक्ला साहित्य प्रतिष्ठानका मानार्थ सदस्य ताराप्रसाद तिमिल्सिना , अग्निधर शर्मा , नेत्रबहादुर बानियाँ सल्लाहकार सुवास बाबु अधिकारी, शिवप्रसाद त्रिपाठी साथै आजीवन सदस्य पुष्पराज तिमिल्सिना, मोहनप्रसाद पौडेल र वरिष्ठ मनोरोग चिकित्सक प्रा.डा निर्मल लामिछाने, वरिष्ठ रेडियो लोजिष्ट डा. कालु शर्मा लगाएत धेरै श्रष्टाहरूले भानुको जिबन मा आधारीत कबिता वाचन गर्नु भएको थियो ।

साथै कार्यक्रममा शुक्ला साहित्य प्रतिष्ठानका कार्यसमिती सदस्य स्रष्टा मोहन कुमार सुनारको कृति ‘ मेरो देशको ’ को  लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा स्रष्टा परिचय शुक्ला साहित्य प्रतिष्ठानका सह- सचिब संजय थापाले राखनु भएको थियो । भने ‘ मेरो देश ’ कबिता संग्रहको समीक्षा शुक्ला साहित्य प्रतिष्ठानका सल्लाहकार असफल गौतमले गर्नुभएको थियो । उहाँले ‘ मेरो देश ’ कबिता संग्रह उच्चस्तरीय शीर्षक रहेको र वास्तविक जिबनलाई कबितामा जस्ताको तस्तै मेल खाने गरी उतारीएकोमा ‘ मेरो देश ’ का रचनाहरु प्रसम्सनिय रहेको बताउनु भयो ।

शुक्ला साहित्य प्रतिष्ठानका अध्यक्ष हरी बरूवालले साहित्य सृजना गर्ने व्यक्ती सधै अमर रहने र अबको पुस्ताले पनि साहित्य सृजनामा जोड दिनु पर्ने बताउदै सदाका बर्ष झै यहि भाद्र २० गते श्री कृष्ण जन्माअष्टमी प्रतियोगिता हुने भएकाले सबै जना संग हातेमालो गर्दै अगाडी बढ्ने र यहाँहरू सबैको साथ सहयोग रहने नै छ भन्नुभयो ।

कार्यक्रममा विभिन्न संस्थाका करीब ७० देखि ८० जना भन्दा बढी साहित्य प्रेमीहरु साथै बिभिन्न ब्यक्तिहरूको उपस्थित रहेको  भने कार्यक्रम संचालन शुक्ला साहित्य प्रतिष्ठानका सचिब दिपेन्द्र बानियाँले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: