Worldlink Communications

पोखरा महानगरपालिका वडा न. १२ को आयोजनामा तीन महिने ब्युटिशियन तालिम सम्पन्न

साउन १६ ,पोखरा

पोखराको बुद्धचोकमा रहेको ववि ब्युटि सलोन एण्ड टेनिङ सेन्टरको प्राविधिक सहयोगमा वडा भित्र रहेका महिलाहरुलाई लक्षित गरी आयोजना गरिएको उक्त तालिमको समापन गर्दै पोखरा महानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले आगामी दिनमा  युवालाई लक्षितगरी विभिन्न सीपमुलक ब्यवशायीक तालिम दिने वताउनु भयो । सो अवसरमा वोल्दै तालिमका संयोजक शान्ती कोइरालाले पोखरा १२ भित्र रहेका महिला दिदी वहिनीहरुलाई लक्षित गरी तीन महिने ब्युटिशियन तालिमको आयोजना गरेको  बताउनु भएको थियो  ।

बवि ब्युटि सलोन एण्ड टेनिङ सेन्टर बुद्धचोकमा सम्पन्न तालिममा १५ जना महिलाहरुको सहभागीता रहेको सो तालिमका प्रशिक्षक सिनियर ब्युटिशियन तथा ववि ब्युटि सलोन एण्ड टेनिङ सेन्टरका सञ्चालक बविता केसी कार्कीले युवा महिलाहरुले भोलिका दिनमा स्वरोजगार तथा आत्मनिर्भर हुनका लागी आजको दिनमा विभिन्न किसिमका सिपहरु सिक्न आवश्यक रहेको वताउदै आफ्नो संस्थाबाट समेत युवाहरुलाई स्वरोजगार गराउने उद्देश्यले ब्युटिशियन सम्बन्धी विभिन्न तालिमहरु विशेष छुटमा सञ्चालन गरिरहेको वताउनु भएको थियो  ।

प्रशिक्षार्थी लक्ष्मी कोइरालाले वडाले आयोजना गरेको तीन महिने तालिममा सिकेको कुरालाई ब्यवहारमा उतारेर स्वरोजगार बन्ने अवसर प्रदान गरेकोमा वडा परिवारलाई धन्यवाद दिनुभएको थियो । समापन कार्यक्रमको सञ्चालन इन्दिरा भण्डारीले गर्नु भएको थियो भने प्रशिक्षार्थीको तर्फबाट गायली कुँबरले स्वागत मन्तब्य राख्नु भएको थियो   ।

प्रतिक्रिया दिनुहोस्: