Worldlink Communications

गण्डकी प्रदेश ससद भिम कार्कीद्वारा अहिले सम्मका आफ्ना उपलब्धिहरु सार्वजनिक  

साउन २८, पोखरा

गण्डकी प्रदेश सभामा कास्की क्षेत्र न २(१) बाट निर्बाचित साम्सद भिम बहादुर कार्किले आफू निर्बाचित भएदेखि हालसम्म भएका उपलब्धि र कामहरूको बिबरण सार्बजनिक गर्नुभएको छ।

आइतबार प्रेस चौतारी नेपाल कास्कीले आयोजना गरेको पत्रकार भेटघाट मार्फत उहाले सो विवरण सार्बजनिक गर्नुभएको हो ।

पत्रकार भेटघाटमा साम्सद कार्कीले मतदाताहरुले गर्नुभएको विश्वासकै आधारमा प्रदेश सभा सदस्यका रुपमा आफ्नो कर्तव्य निर्वाह गर्दै आएको भन्दै राजनीतिक कर्म भनेकै राष्ट्र र जनता केन्द्रित हुने भएकोले सक्रिय राजनीतिक कार्यकर्ताका रुपमा रहँदावा पार्टीको जिम्मेवार ओहोदामा रहँदा पनि जनजीविकाका सवालहरु आफ्नो प्राथमिकतामा भएको उल्लेख गर्नुभयो।

कार्किले निर्वाचित भएर गण्डकी प्रदेश सभामा गइसकेपछि सभाको शून्य समय होस् या विशेष समय वा अरु नियमित बैठकमा आफुले कास्की २ (१) का जनताका समस्याहरु राख्ने गरेको ,विकासनिर्माण, समृद्धि र जनताको जीवनस्तर उकास्न प्रदेश सरकारको ध्यानाकर्षण गराउने काममै अर्जुनदृष्टि लगाएको जनाउनुभएको छ।

यस अवधिमा प्रदेश सभाका ४ वटा अधिवेशन सम्पन्न भएर ५४ वटा बैठक सम्पन्न भएकोमा सबै अधिवेशनका बैठकहरुमा आफ्नो उपस्थिति रहेको भन्दै कार्कीले प्रदेश सभाको काम भनेको नीति निर्माण अर्थात ऐन कानुन बनाउने नै रहेको बताउनु भयो ।तर त्यसो भन्दैमा जनताको विकास र समृद्धिप्रतिको अपेक्षालाई नजर अन्दाज गर्न सकिन्न मात्रै होइन गर्नुहुँदैन भन्ने मान्यता राख्दै सार्वभौम जनताले आफ्नो अधिकारको प्रयोग जनप्रतिनिधिमार्फत गर्ने हुँदात्यही मर्मलाई ख्याल गरी आफ्नो भूमिका बिकास निर्माणका काममा उच्च प्राथमिकताका साथ केन्द्रीकृत गरेको कार्कीले बताउनुभयो ।

प्रदेश सभामार्फत प्रदेश सरकारलाईजनउत्तरदायी बनाउन प्रतिपक्षी सांसदको हैसियतमा खबरदारी गर्दै आएको र आफ्नो पार्टी सत्तामाहुँदा पनि नहुँदा पनि आफ्नो एकमात्रै ध्यान सरकारलाई जनताका अपेक्षा पूरा गराउन केन्द्रित रहेको जानकारी दिनुभयो ।

निर्वाचित भएर गइसकेपछि प्रदेश सभाले प्रथम अधिवेशनबाट स्विकृत अध्यादेशहरु २ वटा,विधेयकहरु ४ वटा रहेको ,चौंथो अधिवेशनबाट पारित विधेयकहरु २ वटा रहेको गण्डकी

प्रदेश नियमावली २०८० पनि पारित भएको ,प्रदेशसभामा विधेयक दर्ता भएपछि नै तिनलाई प्रभावकारी र त्रुटिरहित बनाउने तथा जनताका सवालमा केन्द्रित बनाउने भूमिका निर्वाहमा म सधैं केन्द्रित रहेँ । अत्यावश्यक विधेयकहरुल्याउन सरकारलाई घच्घच्याएकै प्रतिफल केही विधेयकहरु आएर कार्यान्वयन भएको कार्कीको भनाइ थियो।

उहाँले गण्डकी प्रदेश सभा नियमावली मस्यौदा समितिमा सदस्य रही काम गर्दै आइरहेको र सो नियमावली मस्यौदा समितिको १८ वटा बैठकहरु सम्पन्न भएको ,बैठकमा मस्यौदामाथी नियमावली तयार बनाएर प्रदेश सभाबाट पारित गरिएको बताउनुभयो ।सो पत्रकार भेटघाट कार्यक्रममा साम्सद कार्कीले गत आर्थिक बर्षमा आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतप्रदेश सभा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत छनोट भएका योजना र बिनियोजित बजेटको समेत सार्बजनिकिकरण गर्नुभयो ।

सो कार्यक्रम अन्तर्गत छनोट भएका सम्पूर्ण योजनाका शत प्रतिसत काम निर्धारित समयमा नै सम्पन्न भएको जानकारी दिनुभयो ।जस अनुसार रु ५० लाखको लागतमा पोखरा महानगरपालिका वडा नम्बर १७ स्थित स्वास्थ्य चौकीदेखि महतगौंडासम्मको बाँकी सडक स्तरोन्नति गरिएको,रु ३० लाखको लागतमा पोमनपा वडा नम्बर ३३ स्थित भञ्ज्याङ आँपुकस्यारी मोटर बाटो स्तरोन्नति भएको , रू २० लाखको लागतमा पोखरा –१५ टुटुंगा स्थित एकतापथ टुटुंगा मोटर बाटो बाँकी ढलान भएको बताउनुभयो।

रू.२० लाखको लागतमा पोखरा २१ को पुरानो कोलसिम्ले सडक स्तरोन्नति गरेको , रू ३० लाखको लागतमा पोखरा ३३ को जुके हनुमान पोखरी मोटरबाटो स्तरोन्नति भएको ,रू २० लाखको लागतमा पोखरा ७ स्थित झपेन्द्र स्मृति भवनको बाँकी काम पूरा गरिएको उल्लेख गर्नुभयो।

त्यसैगरि साम्सद कार्कीले रू बीस लाखको लागतमा पोखरा २१ स्थित रामदी एकहाते एकीकृत खानेपानी योजना , रू २० लाख लागत रहेको बक्रेक, कात्तिके सडक स्तरोन्नति भएको , रू १० लाखको लागतमा धारापानी कुल मन्दिरदेखि ग्राउण्डसम्म सिंढी बाटो निर्माण सम्पन्न भएको ,रू २० लाखको लागतमा पोखरा १७ को दोभिल्ला वस्ती जोगाउन फुस्रे खोलामा तटबन्धन लगाएकोउल्लेख गर्नुभयो ।साम्सद कार्किले पोखरा २१ फेदीपाटन मासपाटन दम्साँदी हुँदै पहारी डाँडासम्मको कृषि सडकको लागि १ करोडविनियोजन भई ठेक्का प्रक्रियामा बहुवर्षिय योजनाका लागि अघि बढेको बताउदै आर्थिक वर्ष २०८०/८१ का लागि विभिन्न मन्त्रालय अन्तर्गतका कार्यालयहरुबाट छनोट परेका योजनाहरुको जानकारी समेत दिनुभयो ।

जस अन्तर्गत भू तथा जलाधार ब्यवस्थापन कार्यालयबाट १८ ,पर्यटन तथा उद्योग कार्यालय कास्कीबाट १२ ,डिभिजन वन कार्यालयबाट १,खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कास्कीमार्फत २२ ,समपुरक अनुदान अन्तर्गतका २ वटा पुर्वाधार बिकास कार्यालयबाट २६ ,जलस्रोत तथा सिंचाइ डिभिजनबाट १२ वटा र पुल निर्माण तर्फ २ वटा रहेका छन् ।

पोखरा महानगर वडा न ३३ मा प्रादेशिक औद्योगिक ग्राम स्थापनाको काम अगाडि बढेको , सोहि वडामा हिंसा पीडित महिलाहरूको लागि पुनर्स्थापना केन्द्र संचालनको प्रक्रिया अगाडि बढाउने कार्किले उल्लेख गर्नु भयो।प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब रन्जन अधिकारीले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्: