Worldlink Communications

बुढिखोलामा पूल बनाउन किन ढिलासुस्ती हुदैछ- ससद भिम कार्की

साउन ३०, पोखरा

कास्की क्षेत्र न गण्डकी प्रदेश सभामा कास्की क्षेत्र न २ ( १) बाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य भिम बहादुर कार्कीले बुढिखोला मा पूल निर्माणका लागि प्रदेश सभा मार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भएको छ।

मंगलबार प्रदेश सभाको जारी अधिबेशनको शुन्य समयमा बोल्दै उहाँले पोखरा महानगरपालिका वडा न २१ को दोपहरे – माझगाउँ – बक्रेक – स्याङ्जाको पौवेगौडे जोड्ने ११ कि मि लामो कृषि सडक निर्माण भएको एक बर्ष एक महिना बितिसक्दा पनि पूर्णरूपमा संचालनमा कठिनाइ भएको बताउनुभयो।

प्रदेश सरकारको एक निर्बाचन क्षेत्र एक कृषि सडक कार्यक्रम अन्तर्गत सो सडक निर्माण भएको उल्लेख गर्दै कार्कीले सो सडक निर्माणका क्रममा नै निर्माण पूरा हुनुपर्नेमा सडक निर्माण सम्पन्न भएर हस्तान्तरण भएको एक बर्ष एक महिना बितिसक्दा पनि पूल नबनेको उल्लेख गर्दै तत्काल सो पूल निर्माण कार्य अघि बढाउन संसद मार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराउदछु भन्नुभयो।

बुढि खोला पूल नबन्दा बर्षातको समयमा आबागमनमा बाधा पुगेको भन्दै जनताहरू जोखिम मोलेर यात्रा गर्नु परेको तर्फ गम्भीरतापूर्बक ध्यान दिन सरकार संग जोड्दार माग गर्दछु कार्कीले भन्नू भयो।

प्रतिक्रिया दिनुहोस्: