Worldlink Communications

मध्य पहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर मा गएको पहिरोले बाटो अवरुद्ध

साउन ३२,बागलुङ

वर्षापछि खसेको पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर जाने बाटो अवरुद्ध भएका छन् ।

मध्य पहाडी लोकमार्गको बुर्तिबाङ–पूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका–४ कालापैरा तथा कोरिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो को कारणले सो बाटो अवरुद्ध भएको छ ।

बुधबार साँझदेखि दुवैसडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभएको हो । वर्षा भइरहेका कारण सडक खुलाउन समस्या भएको र  वर्षा रोकिएपछि सडक खुलाउन थाल्ने प्रहरी नायव उपरीक्षक केसीले बताउनुभयो ।

मध्य पहाडी लोकमार्ग अवरुद्ध हुँदा पूर्वी रुकुमको रुकुमकोट, काँक्री, लुकुम तथा निसीखोलाको निसी, भल्कोटलगायतका स्थानबाट बुर्तिबाङ, बागलुङ, पोखरा, काठमाडौँलगायतका स्थानमा पुग्ने यातायातका साधन सडकमै ठप्प छन् ।

यात्रुहरु बाटोमै अलपत्र परेका छन् । काठमाडौँदेखि पूर्वी रुकुम र निसीखोलाको विभिन्न स्थानमा यातायातका साधन सडकमै रोकिएकाले सकेसम्म छिटो बाटो खुलाउने प्रयास गरिरहेको र यात्रु लाइ गन्तव्य मा पुरयाउने प्रयासमा रहेको के सि ले बताउनुभयो।

कालीगण्डकी कोरिडोरमा चल्ने बागलुङ दक्षिणको जैमिनी, बलेवा र बरेङ क्षेत्रका सवारी साधन पनि ठप्प छन् । सडक अवरुद्ध भएपछि दक्षिणी क्षेत्रमा सामान ढुवानी गर्नसमेत समस्या भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्: