Worldlink Communications

आज पोखरामा लागू औषध सहित पक्राउ परेका २ जना सार्बजनिक

भदौ ३ ,पोखरा

आज लागू औषध डाईजापाम, फेनेरागज, नुर्फिन ११५५ एम्पुल र २०५ चक्की नाइट्रोभ्याट सहित पक्राउ परेका २ जनालाइ जिल्ला प्रहरी कार्यालय कास्की ले सार्वजनिक गरेको छ।

सार्वजनिक भएका अमृतज्यू ठकुरीले ठूलो परिमाणमा बुप्रिनर्फिन समेतको अवैध लागू औषध पोखरा बजारमा भित्राएर बेच-बिखन तथा कारोबार गर्ने गरेको भन्ने गोप्य सुचनाकोआधारमा निगरानी एवं खोजतलाग गर्दै जाँदा मिति २०८०।०५।०२ गते दिनको ठिक  २:०० बजेको समयमा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्की समेतको संयुक्त टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ०८ न्यूरोड स्थित सडकको पूर्व किनारामा ग २ च १७६७ नम्बरको टाटा टेल्कोलाईन गाडीमा निज र आशिक पौडेललाई फेला पारी निजहरूलाइ खान्तलासी गेको थियो ।

खानतलासी गर्दा उनीहरुको शरीर झोला र गाडी समेत खानतलासी गरिएको थियो सोहि क्रममा निजहरूले गाडी भित्र झोलामा लुकाई राखेको अवस्थामा अवैध लागू औषध बुप्रिनर्फिन २० एम्पुल, फेनेरागन २० एम्पुल, डाईजेपाम २० एम्पुल र नाइट्रोभ्याट ट्याब्लेट ५ चक्की फेला परेकोमा निजहरुलाई साथमा लिई अमृत ज्यू ठकुरीले जिल्ला कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं. ३ घाचोक स्थितमा संचालन गरेको असना कृर्षी तथा पशुपक्षी फार्ममा रहेको निज बस्ने गरेको कोठा खानतलासी लिँदा कोठा भित्र झोलामा लुकाई छिपाई राखेको अवस्थामा बुप्रिनर्फिन ३६७ एम्पुल, फेनेरागन ३६५ एम्पुल, डाईजेपाम ३६३ एम्पुल र नाइट्रोभ्याट लेखेको ट्याब्लेट २०० चक्की फेला परेकोले उल्लेखित लागू औषध सहित, लागू औषध ओसार पसारमा प्रयोग गरेको गाडी समेत बरामद गर्न सफल भएको आज एक पत्रकार हरुको रोहबरमा सूचना अधिकारी प्र.ना.उ. श्रवण कुमार वि.क.ले सार्बजानिक गर्नु भएको थियो।

पक्राउपर्ने अभियुक्तको विवरण :-१] जिल्ला कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं. ३ घाचोक बस्ने वर्ष ३२ को अमृतज्यू ठकुरी । २] जिल्ला कास्की साविक लेखनाथ नगरपालिका वडा नं. १ हाल कायम पोखरामहानगरपालिका वडा नं. २९ भण्डारढिक बस्ने वर्ष ३४ को आशिक पौडेललाइ सार्बजानिक गर्नु भएको थियो।

बरामद दशीको विवरण :अवैध लागू औषध अबस्थामा बुप्रिनर्फिन ३८७ एम्पुल, फेनेरागन ३८५ एम्पुल, डाईजेपाम ३८३ एम्पुल र नाइट्रोभ्याट लेखेको ट्याब्लेट २०५ चक्की । मोबाइल सेट २ थान ।  ग २ च १७६७ नम्बरको टाटा टेल्कोलाईन सहित गाडी पक्राउ परेको सूचना अधिकारी प्र.ना.उ. श्रवण कुमार वि.क.ले सार्बजानिक गर्नु भएको थियो ।

प्रतिवादीहरू उपर लागू औषध कसूर मुद्दा दर्ता गरी आज सम्मानित कास्की जिल्ला अदालतमा उपस्थित गराईप्रहरी हिरासतमा राख्न पहिलो पटक दिन बिस(२०) को म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको सूचना अधिकारी प्र.ना.उ. श्रवण कुमार वि.क.ले सार्बजानिक गर्नु भएको थियो ।।

प्रतिक्रिया दिनुहोस्: