Worldlink Communications

काठमाडौंबाट पोखरा हुदै म्याग्दी जादै गरेको बस त्रिशुलीमा खस्दा ८ जनाको मृत्यु

भदौ ६,धादिंग

धादिङको गजुरी गाउँपालिका–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ। बस दुर्घटनामा मृत्यु हुने मध्ये चार जनाको सनाखत भएको छ ।

म्याग्दी रघुगङ्गा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी–१ की १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङ गजुरी–८ का अन्दाजी २० वर्षीय सुशील रम्तेल र कास्की फुलबारी–११ का अन्दाजी २४ वर्षीय सुमन थापा हुनुहुन्छ भने ८ जना घाइतेको उद्दार गरिएको छ । मृतकहरुमा  एकजना महिला र तीन जना पुरुषको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार काठमाडौंबाट पोखरा हुदै म्याग्दी जादै गरेको प्रदेश ३- ०१- ००५ ख ९९५२ बस गजुरी– २ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा खसेको थियाे।बस नदीमा डुबेकोले गोताखोरको टोलीले  यात्रु हराइरहेको आशङ्कामा खोजी जारी राखेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । साँघुरो सडकमा ‘ओभर्टेग’ गर्ने क्रममा बस  अनियन्त्रित भै खसेको  हुनसक्ने अनुमान गरीएको  छ ।

प्रतिक्रिया दिनुहोस्: