भदौ ११ ,पोखरा
दोलखाबाट पोखरामा आएर बसोबास गरेका दोलखालीहरूको संस्था दोलखा पोखरा मिलन समाजको ११ औं अधिवेशन तथा २२ औं वार्षीक साधारण सभा सम्पन्न भएको छ ।
अधिबेशन ले धनबहादुर खड्का (भरत) को अध्यक्षतामा ९ सदस्यीय नया कार्यसमितिको समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा रमादेबी खड्का,सचिबमा कमल बहादुर बस्नेत, कोषाध्यक्ष मा दाछिरी शेर्पा सदस्यहरूमा,रविचन्द्र श्रेष्ठ ,सरिता के.सी.,गीता श्रेष्ठ,रामजी भण्डारी,र रोजिना श्रेष्ठ रहनुभएको छ ।
संस्थाका संस्थापक अध्यक्ष यादब बस्नेतले कार्यक्रमको उद्घाटनका गर्नुभएको थियो ।अध्यक्ष नारायण कृष्ण श्रेष्ठको अध्यक्षता मा भएको कार्यक्रममा इन्सेक गण्डकी प्रमुख शिब खकुरेल ,समाजसेबी पदम ढकाल , कोषाध्यक्ष खुस बहादुर खड्का , सचिब कमल बस्नेत लगायतले मन्त्तव्य राख्नुभएको थियो।
प्रकाशित मिति: ११ भाद्र २०८०






प्रतिक्रिया