Worldlink Communications

आज युरोको तुलनामा अमेरिकी डलरको भाउ घटयो

भदौ १२, काठमाडौं

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोलगायत केहि देशको मूद्राको भाउ बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ९२ पैसा र बिक्रिदर १३२ रुपैयाँ ५२ पैसा रहेको छ । यूरो १ को खरिददर १४२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४३ रुपैयाँ २७ पैसा रहेको छ ।बेलायती पाउण्ड १ को खरिददर १६५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६६ रुपैयाँ ७३ पैसा रहेको छ ।

स्वीस फ्रयांक १ को खरिददर १४९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ९९ पैसा रहेको छ ।अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ५५ पैसा र बिक्रीदर ८४ रुपैयाँ ९३ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँँ ९९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४३ पैसा रहेको छ ।सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ २० पैसा र बिक्रीदर ९७ रुपैयाँ ६४ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्: