Worldlink Communications

शुक्ला साहित्य प्रतिष्ठानले गरेको कृष्ण भजन प्रतियोगितामा पाल्पाको धर्मोदय दशवतार वालन संस्कृत समुह प्रथम

भदौं  २१ ,पोखरा

पोखराको वाटुलेचौरमा श्रीकृष्णजन्माष्टमीको सुभअवसरमा श्रीशुक्ला साहित्य प्रतिष्ठान पोखराले आयोजना गरेको खुल्ला कृष्ण भजन प्रतियोगितामा पाल्पाको धर्मोदय दशवतार वालन संस्कृत समुह प्रथम भएको छ ।

मध्यरातसम्म चलेको प्रतियोगितामा सहभागी टिमले विभिन्न झाँकी र कृष्ण लिला समेत प्रस्तुत गरेका बिभिन्न २४ टिम हरु मध्य बाट  देवीस्थान भजन समुह हेम्जा दोस्रो पुरस्कार पाउँ सफल भयको थियो , ईशानेश्वर भजन समुह तेस्रो र ओमकारेश्वर भजन समुह फुलवारीले सान्त्वना स्थान प्राप्त गरेको थियो ।

विगत २४ वर्षदेखि निरन्तर रुपमा श्रीकृष्णजन्माष्टमीको सुभअवसरमा बिबिध कार्यक्रम गर्दै आएको श्रीशुक्ला साहित्य प्रतिष्ठान पोखराले प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख, द्वितिय हुने टिमलाई ७५ हजार, तृतिय हुने टिमलाई ५० हजार, सान्त्वना हुने टिमलाई २५ हजार र सहभागी २० टिमलाई प्रोत्साहन स्वरुप नगद ५ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधी सभा का सदस्य विद्या भट्टराईले पानसमा बत्ति बालेर उद्घाटन गर्दै  कला संस्कृति वाटै नै निरन्तर मानव सभ्यताको विकास हुदै आएकोले यसको संरक्षण गर्न आवस्यक भएको वताउनुभयो । उहाँले यस्ता कार्यक्रमले पोखराको धार्मिक पर्यटन विकासमा समेत टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

श्रीशुक्ला साहित्य प्रतिष्ठानका अध्यक्ष हरि वरुवालको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमको सम्योजक दुर्गादेवी वस्नेतले कला, संस्कृति तथा साहित्य उत्थानमा प्रतिष्ठान सदेैव अग्रसर भइ अगाडी बढ्ने  वताउनुभयो । प्रतियोगितामा सहभागी टोलीको मुल्यांकन संयोजक सिर्जना थापा, संस्कृतिविद् डा. कुशुमाकर न्यौपाने र सह प्राध्यापक अम्विका प्र. भट्टराईले गर्नुभयको थियो ।  कार्यक्रमको संचालन पोखराका लोक   दोहरी गीतका अग्रज गायक प्रजापति पराजुलीले गर्नुभएको थियो । कार्यक्रममा बिभिन्न सघसस्था , लगाएत मनकाधनि व्यक्तिहरुले सहयोग गर्नु भएका हरुलाई  सम्मान गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्: