Worldlink Communications

एमाले गण्डकीले प्रदेशको अधिबेशनको पहिलो दिन पचास हजार कार्यकर्ता पोखरामा उतार्ने 

भदौ २९, पोखरा

ने क पा एमाले गण्डकी प्रदेश कमिटीले पहिलो अधिबेशनको उदघाटन समारोहमा पचास हजार आफ्ना कार्यकर्ता पोखरा उतार्ने भएको छ।

आगामी असोज १५-१६ पोखरामा हुन गईरहेको नेकपा (एमाले) गण्डकीको प्रथम प्रदेश अधिबेशनको उदघाटन पार्टी अध्यक्ष के .पि ओलिले गर्ने कार्यक्रम तय भएको जनपरिचालन उपसमितिको बैठकद्वारा निर्णय गरिएको उप सचिब एबम प्रचार तथा प्रकाशन बिभाग प्रमुख रश्मि आचार्यले जानकारी दिनुभयो।

कमिटी सदस्य खगराज अधिकारिले अधिबेशन भब्य र सभ्य बनाउन सम्पूर्ण जनवर्गीय संगठन सहित पार्टी पंक्ति प्रभाबकारी ढंगले लागिपर्न आग्रह गर्नुभएको थियो।

पार्टी स्थायी कमिटी सदस्य थममाया थापाको अध्यक्षतामा सम्पन्न उप समितिको बैठकले असोज १५ गते हुने उदघाटन सभामा ५० हजार जना कार्यकर्ता उपस्थिति गराउने तयारीको लागि पालिका, वडा, टोल र जनसंगठनका बैठकको मिति तय गर्ने देखि घरदैलो सम्मको योजना बनाएको पार्टी प्रदेश प्रचार तथा प्रकाशन बिभाग सदस्य रामजी प्रसादले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्: