Worldlink Communications

दोस्रो राष्ट्रिय खुला फुटसल प्रतियोगिता-अशोज २७ देखि ३० सम्म

भदौ ३१, पोखरा

“परिवर्तन का लागि खेलकुद’ नारासहित पोखरा रंगशालाको हलमा प्रतियोगिता सञ्चालन हुने राजन एण्ड द ब्रदर्श नेपालले आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

सर्वाधिक ५ लाख राशीको ‘दोस्रो राष्ट्रिय खुला फुटसल प्रतियोगिता’ आयोजना गरेको आयोजक संस्थाका अध्यक्ष राजन गुरुङले फुटसल प्रतियोगिता आगामी असोज २७ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने बताउनुभयो ।

“परिवर्तनका लागि खेलकुद” भन्ने नारासहित प्रतियोगिता सञ्चालन गर्ने बताउदै अध्यक्ष राजन गुरुङ ले ‘पहिलो संस्करणमा खेलेका ४ जना भाइहरु यसपटक राष्ट्रिय टिममा परेका छन् । त्यसैले यो प्रतियोगिताबाट पनि उदीयमान र नयाँ खेलाडीले राष्ट्रिय टिममा स्थान बनाउँनेछन् भन्नेमा विश्वस्त छौं ।’

खेलकुद संयोजक आशिष क्षेत्रीले पहिलो संस्करणको पुरस्कार ३ लाख रुपैयाँ लाइ वृद्धि गरेर यस पटक दोस्रो संस्करणको विजेता लाई ५ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपात्र प्रदान गरिने छ भने  उपविजेताइ ३ लाख रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र बताउनु भएको थियो ।

प्रतियोगितामा सहभागिता हुनका लागि २५ हजार दर्ता शुल्क निर्धारण गरिएको छ सो प्रतियोगिता बिभिन्न बिधामा सर्वाेत्कृष्ट हुने खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र नयाँ खेलाडीहरुले जनही २५/२५ हजार रुपैयाँबाट पुरस्कृत हुनुहुेछ भने देशभरबाट कुल ३० भन्दा बढी टिमको सहभागिता हुने  अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: