Worldlink Communications

३०औं माधव प्रसाद पाैडेल स्मृति दिवसको शुभ अवसरमा रक्तदान कार्यक्रम ४८ यूनिट रगत संकलन

असोज ३, कास्की

माधव प्रसाद पाैडेल स्मृति प्रतिष्ठान भलामको आयाेजना मा,नेपाल रेडक्रस साेसाइटि भलाम उप शाखा र नवाेदय युवा क्लब सह आयोजनामा गरिएकाे खुल्ला रक्तदान कार्यक्रममा ४८ युनिट रगत संकलन गरिएको छ।

प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं.२० को वडा अध्यक्ष गंग बहादुर के सि हुनुहुन्थ्यो भने कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष रामजि प्रसाद पाैडेलले गर्नु भएकाेसो कार्यक्रम संचालन सस्था का सचिव हिम वहादुर वस्नेतले गर्नु भएकाे थियाे।

प्रमुख अतिथि गग बहादुर केसी ले नेपाली कम्युनिस्ट आन्दोलनका हस्ति, सामाजिक व्यक्तित्व ,सफल शिक्षक, भलाम गा वि स का तत्कालिन निर्वाचित अध्यक्ष स्व.माधव प्रसाद पाैडेलकाे ३०औं बार्षिक स्मृति दिवस आजै सम्बिधान जारी गरेको दिनमा गरिएको रक्तदान कार्यक्रमले रगत को अभावमा कुनै पनि नागरिकले ज्यान गुमाउन नपरोस भन्ने मानसिकता गरिएको पुण्य कामको खुलेर प्रशंसा गर्नुभएको थियो।  नेपाल रेडक्रस साेसाईटि, कास्की शाखाले प्रविधिक सहयाेग गरेको थियो।

स्वागत मन्तव्य दिने क्रममा सबैले ब्यक्तित्व हरुले रगत दान गर्नु भनेको जीवन दान गर्नु हो भन्ने कुरा बिर्सनु हुँदैन हामीले गरेको  रक्तदानले कसैको जीवन बच्छ भने हामीले खेर जाने रगत दिनु   पर्छ भन्नुभएको थियो ।

स्थानीय रुपमा गरिएको सो रक्तदान कार्यक्रममा विभिन्न राजनीतिक व्यक्तित्वहरू र विशेषगरी युवाहरुले रक्तदान गर्नुभएको सो कार्यक्रम मा ४८ यूनिट रगत जम्मा भएको हामीलाई संस्थाका सदस्य विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्: