Worldlink Communications

जय लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा सम्पन्न

असोज ६ , पोखरा

पोखरामा विभिन्न सहकारीहरु मध्य तिनवटा सहकारी अष्टलक्ष्मी दिदीबैनी बचत तथा ऋण सहकारी संस्था,जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्था र मुक्ति बहुउद्देश्यीय सहकारी संस्था एकीकृत भइ बनेको जयलक्ष्मी बचत तथा ऋण सहकारीको आज आठौं साधारण सभा भव्य र सभ्य रुपमा सम्पन्न गरेको छ ।

सस्थाका अध्यक्ष निलराज आत्रेयको अध्यक्षतामा लगातार तिनदिन सम्म भएका कार्यक्रमहरुको पहिलो दिन इकाइ ‘क’ को सभा सितलादेबि पार्टीप्यालेसमा भएको थियो। कार्यक्रम को प्रमुख अतिथि पोखरा महानगरपालिका सहकारी समितिका सहकारी विज्ञ एवं जिल्ला सहकारी संघका राष्ट्रिय प्रतिनिधि दीपक प्रकाश आचार्य हुनुहुन्थ्यो । ४०० भन्दा बढी सदस्यको उपस्थिति भएको कार्यक्रम सस्थाका सन्चालक साबित्री पौडेलले सन्चालन गर्नु भएको थियो।

कार्यक्रमको दोस्रो दिन इकाइ ‘ख’ को सभा जितपार्टी प्यालेस पोखरा -१६, बाटुलेचौरमा भएको थियो । कार्यक्रम को प्रमुख अतिथि नेपाल केन्द्रिय बचत तथा ऋण सहकारी संस्था पोखराका सदस्य सेवा केन्द्र पोखरा केन्द्रका प्रमुख सुर्य तिमिल्सिना हुनुहुन्थ्यो  । ८०० भन्दा बढी सदस्यको उपस्थिति भएको सो कार्यक्रम सस्था का सन्चालक साबित्री पौडेलले सन्चालन गर्नु भएको थियो।

कार्यक्रमको तेस्रोदिन एकाइ प्रतिनिधिहरुको निर्णय प्रमाणिकरण सभा क्लासिक चुलो रेस्ट्रो एण्ड ब्यक्यूट पोखरा ट्रेडमलमा भएको थियो। कार्यक्रमको प्रमुख अतिथि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकीका सचिव  सहदेव प्रसाद हुमागाई हुनुहुन्थ्यो। ७९ भन्दाबढी सदस्यहरुको उपस्थितिमा भएको सो कार्यक्रम सस्थाका प्रमुख कार्यकारी अधिकृत सुशिल के. सी. ले सन्चालन गर्नु भएको थियो।जय लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालय रानीपौवामा रहेको छ ।१६ जना कर्मचारी रहेको सो संस्थामा दुइवटा सेवा केन्द्रहरु क्रमशः पोखरा कै लामाचौर र सार्दीखोलामा रहेका छन। आगामी दिनमा आवश्यकता अनुसार कार्यालयहरु थप्दै जाने  संस्थाका कार्यालय प्रमुख कार्यकारी अधिकृत सुशील केसीले बताउनुभयो । कुल२०४२जना सदस्य रहेको सो संस्थाको  बासलास ३७,८४,५७,९६१.७९ रहेको बताउनुभएको थियो।

जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा आयोजित तिनदिने कार्यक्रम का फरक फरक प्रमुख अतिथिहरुबाट हरेकदिन कार्यक्रमको सुरुवाति पानसमा बत्तिबालेर सहकारीका सातसिद्धान्त हरु पाठ गरेर सुरुवात गरिएको थियो।

जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि पोखरा को आठौ साधारणसभा क्रमश: ४/५/६ गते गरिएको सो कार्यक्रमहरुमा अध्यक्षको कलमबाट  बार्षिक प्रगति प्रतिवेदन निलराज आत्रेयले ,उपाध्यक्ष कलमबाट र संचालक समितिको तर्फबाट सचिवद्वारा व्याख्यात्मक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्षको प्रतिवेदन ,लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन  लेखापरीक्षक चार्टर एकाउण्टेण्ट अशोक न्यौपाने लगायत सबैले आ-आफ्नो प्रतिवेदन जिम्मेवारीपूर्वक प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन सुन्दा हरेकले आफ्नो जिम्मेवारी पन पूर्णजवाफदेही पनको पूर्ण कायम गर्दै आएको सहकारीले प्रतिपादन गरेका ७ सिद्धान्तलाई पछ्याएको प्रतिबिम्बित देखिन्थ्यो।

संस्थालाई डिजिटलाइज्ड गराउन को निमित्त आज वितरण गरिएको विविध पत्रहरुलाइ आफ्नै मोबाइल मा स्क्यान गरेर मोबाइलमा राख्न पनि सकिने बनाइएको छ। संस्थामा हाल सुनौलो बाल बचत, सदस्य मासिक बचत ,जयलक्ष्मी साधारण बचत, जयलक्ष्मी बिशेष बचत , जयलक्ष्मी नारि बचत , जयलक्ष्मी जेष्ठनागरिक बचत जय लक्ष्मी कर्मचारी बचत खाता ,सुनौलो भविष्य बचत र आवधिक निक्षेप जस्ता खाताहरु खोलेर आफ्ना शेयर सदस्यहरुलाई सहयोग पुरयाउदै आएको जानकारी सस्थाका कार्यकारी अधिकृत सुशील केसीले जानकारी दिनुभएको थियो।

संस्थाको स्थापनाकालदेखि नै निरन्तर काम गर्दै आउनुभएका इमान्दार आदरणीय सम्मान गर्नेपर्ने  व्यक्तित्वहरुलाई खादा माला लगाई सम्मान गरिएको थियो। विषयगत वा बुदागत रुपमा कार्यक्रमहरूको उच्च मुल्यांकन र सस्थागत रुपमा सम्झन लायक राम्रो सहकारिको दुनियामा सफल जय लक्ष्मी बचत तथा ऋण सहकारी संस्था आफूलाइ इमान्दार र राम्रो रहेको प्रष्ट देखाइरहेको भान झल्किन्थ्यो।

https://fb.watch/nevR3u1D68/?mibextid=Nif5oz

 

 

प्रतिक्रिया दिनुहोस्: