Worldlink Communications

जय गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेड १३औ वार्षिक साधारण सभा सम्पन्न

असोज ६, पोखरा

जय गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेड को १३औ  बार्षिक साधारण सभा  संस्थाका अध्यक्ष नरेशकुमार श्रेष्ठ को अध्यक्षतामा सम्पन्न भयो।

तेह्रौं बार्षिक साधारण सभा को प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं. १९ का महिला जनप्रतिनिधि दुर्गा देवी बस्नेत गौतमले गर्नुभएको सो कार्यक्रमलाई भव्य र सभ्य रुपले संस्थाका सदस्य योगेन्द्र श्रेष्ठले सञ्चलन गर्नुभएको थियो ।

सहकारी का सात सिद्धान्त १) स्वेच्छिक तथा खुल्ला सदस्यता २) सदस्यहरुद्वारा शैक्षिक प्रजातान्त्रिक नियन्त्रण ३) सदस्यहरूको आर्थिक सहभागिता ४) स्वायत्तता र स्वतन्त्रता ५) शिक्षा तालिम र सूचना ६) सहकारीबीच सहकार्य र ७) समुदायप्रति चासो।  पाठ गरि सकेपछि प्रमुख अतिथि दुर्गादेवी बस्नेत ले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।

प्रमुख अतिथिको आसनबाट दुर्गा देवी बस्नेतले जय गणेश बचत ऋण सहकारी संस्था राम्रो संस्था भएको यसका सदस्यहरु पनि राम्रो भएको र संस्थालाइ कसरी अगाडि बढाउदै लैजान सकिन्छ भन्ने भावना भएको हुनुहुन्छ जसले गर्दा नै सस्था अगाडि बढदै गएको बताउनुभयो। आफू पनि यस संस्थाको सदस्य भइरहँदा मलाई नै प्रमुख अथितिको आसन ग्रहण गराइने सम्मान गर्नुहुने यस जय गणेश बचत तथा ऋण सहकारी का सम्पुर्ण परिवार प्रति नमन व्यक्त गर्दछु भन्नुभयो।

त्यस्तै गरी विशिष्ट अतिथिको आसनबाट निवर्तमान अध्यक्ष सविन जिसीले संस्थाको हितको निम्ति सबैले चासो दिनुपर्ने आजको दिनमा तपाईहरु खाना खाएर सुटुक्क घर जाने छुट कसैलाई पनि छैन भन्नुभयो। आज तपाईहरुले आफ्नो पावर देखाएर पावरको सदुपयोग गर्न सक्नुपर्छ भन्नुभयो यदि आज त्यो देखाउन सक्नुभएन भने भोलिबाट तपाईहरु समितिले जे भन्छ त्यही मान्नुपर्ने बाध्यता पनि छ भन्दै सदस्यहरुलाई सजग गराउनु भएको थियो ।सहकारीको मूल शक्ति भनेको साधारण सदस्यहरू नै हो  त्यो शक्ति राम्रो ठाउँमा प्रयोग हुनुपर्छ भन्नुभएको थियो ।

संस्थाका अध्यक्ष नरेस कुमार श्रेष्ठले तेह्रौं बार्षिक साधारण सभामा सस्था को वार्षिक प्रतिवेदनमा भावी योजनाहरु को रुपमा सहकारी अवलोकन भर्मण लाई निरन्तरता दिने संस्थागत सामाजिक उत्तरदायित्व दमन गर्दै सेवामुखी कार्यक्रम सञ्चालन गर्ने शेयर सदस्य शिक्षा कार्यक्रम सम्पन्न गर्ने मोबाइल बैंकिङ सेवा विस्तारको गर्ने संस्थाको कार्यक्षेत्र विस्तार गर्ने जस्ता योजना प्रस्तुत गर्नुभएको थियो ।

संस्थाका सचिव अर्जुन केसीले तेह्रौं बार्षिक साधारण सभामा एक का लागि सबै र सबैका लागि एक भन्ने मूल नाराका साथ औपचारिक रुपमा २०६७ साल मंसिर २ गतेका दिन दर्ता भएको यो संस्था बिभिन्न आरोह अवरोह पार गर्दै यहाँ सम्म आइपुग्दा संस्थाको हितमा जिम्मेवारी का साथ आवश्यकता अनुसार समितिकाे बैठक हरु समयमा नै बसेको र निर्णयहरू पनि समयमा नै गरेको र सबै निर्णयहरु गर्दा सबैको साथ र सहयोग पाएको आफ्नो प्रतिवेदनमा प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै गरिए कोषाध्यक्ष भिम प्रसाद पौडेलले संस्थाको हितमा रही विगत वर्षहरूको प्रचलन लाई अंगिकार गर्दै आगामी वर्षको वार्षिक योजनाहरुको अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो । भने लेखा समिति का लेखा संयोजक बलबहादुर श्रेष्ठले विगत वर्षमा कोरोनाले सबै लाइ दुःख दिएको भन्दै यस बर्ष वार्षिक योजना सुरुमै निर्माण गरी सूचनापाटीमा सबैले देख्ने गरी राख्न सकेमा राम्रो हुन्थ्यो कर्मचारीको मनोबल बढाउन सक्नुपर्छ भन्ने जस्ता सुझाव हरु प्रस्तुत गर्नुभएको थियो ।सल्लाहकारहरूको तर्फबाट रमेश कुमार थापाले सबैले प्रस्तुत गर्नुभएका विभिन्न विषय माथि बास्तबिक तितो र तिखो तर सस्था को र सदस्य को हितमा धरातलीय टिप्पणी गर्नुभएको थियो ।

१३औ बार्षिक साधारण सभा मा उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्य दिँदै संस्थाकी उपाध्यक्ष पदमा राना, जय मनकामना बचत तथा ऋण सहकारीका प्रतिनिधि बुद्दि बहादुर बस्नेत लगायतले संस्था र आफ्नै हितको निम्ति सबै सेयर सदस्य ले चासो दिनुपर्ने सबै तनमन अनि धन जस्ता बिषयहरू मा सेयर सदस्य हरुले गरेको निर्णय संस्थाको हितमा हुनुपर्ने बताउनुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्: